७ पौष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका छन् ।
हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उनलाई भेट्न मन्त्री क्वाटर पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात मन्त्रीले सामुहिक राजिनामा दिएपनि बादलले राजिनामा दिएका छैनन् ।
तसर्थ बादलको साथ कसलाई हो भन्ने अझसम्म खुल्न सकेको छैन् । बादलले आफू निकट २४ सांसदलाई बोलाएर हिजो परामर्श गरेका थिए ।
अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका थिए । आफू निकट सांसदपनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा बादल छन् ।
बादल प्रधानमन्त्री ओलीको साथमा रहेको बताइन्छ । आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
पूर्व माओवादीसमेत रहेका बादलले कता साथ दिन्छन् बुझ्न दाहाल बादल भेट्न पुगेको स्रोतले बतायो ।