समुदायको सहयोगमा विद्यालयलाई ६४ लाखको अक्षयकोष

१४ जेठ ७५, सोमबार
Share this
744shares

बाबियाचौर, म्याग्दी, जेठ १४
म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ ।

Advertisement

पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा रु ६४ लाख ११ हजार २९८ को अक्षयकोष स्थापना भएको हो ।

अक्षयकोषको ब्याज निजी स्रोतका शिक्षकको तलब, कम्प्यूटर प्रयोगशाला र इन्टरनेट सञ्चालनसँगै विद्यालयको शैक्षिक विकासमा परिचालन गरिने प्रधानाध्यापक शिरबहादुर गर्बुजाले जानकारी दिए ।

Advertisement

आधारभूत तहसम्मको अनुमति पाएको सो विद्यालयमा विसं २०५६ देखि स्थानीय स्रोत जुटाएर कक्षा ९ र १० को पठनपाठन गरिँदै आएको छ । तल्लो तहको दरबन्दी भएर माथिल्लो तहमा पढाउने तीन र निजी स्रोतका एक जना शिक्षकको लागि मासिक रु ३० हजार स्थानीय स्रोतबाट जुटाउने गरिएको छ । सो विद्यालयको कक्षा ६ देखि १० सम्म कम्प्यूटर विषयको पठनपाठन गरिँदै आएको छ ।

स्थानीय बासिन्दा, प्रवासी र विद्यालयको आन्तरिक स्रोतबाट १५ वटा कम्प्यूटर खरिद गरी ल्याब सञ्चालन गरिएको शिक्षिका कुशम पुर्जाले बताइन् । गाउँको विद्यालयमा आधुनिक प्रविधियुक्त शिक्षा हासिल गर्न पाउँदा विद्यार्थी उत्साहित भएका छन् । उनीहरुको पढाइप्रति रुची बढेको छ । हाल करीब २०० जना विद्यार्थी सो विद्यायलमा अध्ययनरत छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top