दाहाल-नेपाल समूह बैठकः ओलीलाई कारबाही गर्ने लगायतका ९ एजेन्डा प्रस्तुत

७ पौष, काठमाडौँ । बबरमहलमा जारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।

Advertisement

एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधान सम्बन्धी प्रस्ताव लगायतका छन् ।

दाहाल-नेपाल समूहका नेताका अनुसार जारी केन्द्रीय समिति बैठक आज नसकिने सम्भावना छ । ’वितरित प्रस्तावबारे केन्द्रीय सदस्यहरुले बोल्नुहुन्छ । सबैका कुरा सुनेरमात्रै निर्णयमा गइन्छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top