संसद् विघटनको बैधतामाथि सर्वोच्चमा परेको रिटमाथि आजबाट प्रारम्भिक सुनुवाई हुँदै

८ पौष, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ ।

Advertisement

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका छन् ।

सवैधानिक इजलासमा दर्ता भएको निवेदनको पालो भने आगामी शुक्रबार आउने सम्भावन रहेको छ ।

Advertisement

विघटन सम्बन्धी एकै खालको मुद्दामध्ये एउटा नियमित इजलासमा र अर्को संवैधानिक इजलासमा परेकोले आदेशमार्फत सबै निवेदनलाई एउटै इजलासमा हेर्न गरी आदेश हुने सम्भावना पनि रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top