×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

यूकेसँगको यात्रा प्रतिबन्ध हटाउन ईयूद्वारा सदस्य राष्ट्रहरूलाई आग्रह

८ पुस, एजेन्सी ।
युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन सिफारिस गरेको छ।

ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो। सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता चाहिँ छैन। सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन्।

Advertisement
Advertisement

यसअघि सप्ताहान्ततिर फ्रान्सले यूकेसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परे। लगभग ईयूका सबै २७ सदस्य राष्ट्रले यूकेबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन्।

साझा नीति अवलम्बन गर्ने प्रयासमा ईयूको आकस्मिक बैठकहरू बस्दै आएका छन्। कोभिड–१९ को परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आ–आफ्नो देश फर्कन दिन ईयूका सदस्य राष्ट्रलाई युरोपेली आयोगले एउटा वक्तव्यमार्फत् सिफारिस गरेको छ।

यद्यपि अत्यावश्यक नपरेको अवस्थामा गरिने यात्राहरूलाई निरुत्साहित गर्नुपर्नेमा उसले जोड दिएको छ। ईयूभित्र यातायात क्षेत्रमा काम गर्ने लरी चालकजस्ता मानिसको हकमा यात्रा प्रतिबन्ध र अनिवार्य परीक्षणको व्यवस्था गर्न नहुने आयोगको भनाइ छ।

यूकेबाट फ्रान्स र ईयूका अरू सदस्य राष्ट्र जानका लागि चाहिँ कोरोनाभाइरस परीक्षण गराएको हुनुपर्ने उसको भनाइ छ।

फ्रान्स र यूकेबीच कस्तो स्थिति छ ?

फ्रान्स र यूकेबीच भएको पछिल्लो सहमतिअनुसार दुई देशबीच कार्गो र केही यात्रुसेवा पुनः सञ्चालनमा आउने भएका छन्। लरी चालक तथा ईयूका नागरिकले यात्रा गर्न पाउनेछन्।

तर उनीहरूले कोरोनाभाइरस परीक्षण गराएको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ। हवाई, डुङ्गा तथा युरोस्टार रेलसेवा बुधवारदेखि पुनः सञ्चालनमा आउनेछन्।

अरू ककसले यात्रा प्रतिबन्ध लगाए ?
यूकेबाट गरिने यात्राको हकमा युरोपभित्र मात्रै प्रतिबन्ध सामना गर्नुपरेको छैन, विश्वका ५० भन्दा बढी मुलुकले यात्रामाथि प्रतिबन्ध लगाएका छन्।

संयुक्त राज्य अमेरिकाले यूके र केही अरू देशमा पछिल्लो १४ दिनदेखि बस्दै आएका गैरअमेरिकी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ। साउदी अरब, कुवेत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन्।

Advertisement

डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ। (बीबीसी)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top