८ पुस, एजेन्सी ।
कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ ।

यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ ।

“अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ । यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ ।

परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top