NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना

बिहिबार पुस ९ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
बागलुङको पर्यटन विकासमा प्रदेश सरकारको ६० योजना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ पुस, बागलुङ ।
बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् ।

बागलुङमा गत आर्थिक वर्ष २०७६–७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७–७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड २४ लाख बजेटमध्ये कोरोनाका कारण जम्मा रु दुई करोड ४४ लाख रकम खर्च भएको थियो ।

Advertisement

गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६० योजनाका लागि रु सात करोड ५५ लाख १३ हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम शुरु गरिएकोे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

उनका अनुसार भ्यू टावर (दृश्यावलोकन स्तम्भ), पदमार्ग, पर्यापर्यटन, प्याराग्लाइडिङ पूर्वाधार, घरबास अनुदानलगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् ।

“गत वर्ष कोरोना नियन्त्रणमा घरबासलाई दिइने रकम खर्च भयो, यस वर्ष छनोटका आधारमा १० घरबासले अनुदान पाउँदैछन्, धेरै योजनाको काम शुरु भएको छ”, मन्त्री लम्सालले भने, “पदमार्ग, भ्यू टावर, प्याराग्लाइडिङ पूर्वाधारलगायतका योजना म आफैँ पुगेर शिलान्यास गरेको छु, सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पुर्याउनेछौँ ।”

मन्त्रालयका अनुसार ६० योजना उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका तीन कार्यालयअन्तर्गत कार्यान्वयनमा आउन थालेका हुन् ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्यटनसम्बन्धी कार्यक्रम पोखरी संरक्षण, गल्छी तथा पहिरो नियन्त्रण, भू–संरक्षणमैत्री पदमार्गलगायतका संरचना निर्माणका लागि १४ वटा योजनामा रु एक करोड ६३ लाख ५० हजार विनियोजन भएर काम शुरु भइसकेको छ ।

यस्तै पर्यटन कार्यालय पोखरामार्फत घरबास अनुदान, पदमार्ग, पर्यटकीयस्थलमा पूर्वाधारलगायतका १९ वटा योजनामा रु तीन करोड १७ लाख ५० हजार विनियोजन गरेर कार्यान्वयनको चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिए ।

“बागलुङमा पर्यटनको धेरै सम्भावना भएकाले धेरै योजना समावेश गरिएको हो”, रिजालले भने, “यो वर्ष ६० योजना कार्यान्वयनमा आउँदा पर्यटनका क्षेत्रमा आधारभूत उपलब्धि हासिल हुनेछन् ।” आगामी वर्षसमेत यी योजनालाई आधार मानेर बजेट ल्याइने रिजालको भनाइ छ ।

डिभिजन वन कार्यालयमार्फत यस आर्थिक वर्षमा २७ वटा योजनामा रु दुई करोड ७४ लाख ३३ हजार विनियोजन भएर पाँच योजना सम्झौता भइसकेको र अन्य योजनाका लागि छनोट प्रक्रिया थालिसकेको डिभिजन वन कार्यालय बागलुङका डिभिजन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए ।

गत आर्थिक वर्ष सात वटा योजनामा छुट्याइएको रु पाँच करोड २४ लाखमध्ये २८ वटा सामुदायिक घरबासका लागि रु १० लाखका दरले छुट्याइएको रु दुई करोड ८० लाख बजेट कोरोना नियन्त्रणमा खर्च गरिएको थियो ।(बाग्लुङ)

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.