मृतक रामको परिवारलाई १० लाख दिने निर्णय, शव अझै अस्पतालमै

९ पुस, सर्लाही ।
सर्लाहीको रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मङ्सिर ३० गते बसेको मन्त्रिपरिषदको बैठकले मृतक महेन्द्र महरा रामको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको बताए ।

गएको अशोज २१ गते छिमेकीसँग विवादका क्रममा कुटपिटबाट घाइते महेन्द्रको वीरगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

नेपाली कांग्रेस सर्लाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाइबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबीसहित मृतकलाई शहीद घोषणा तथा क्षतिपूर्तिस्वरूप मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गत अशोज २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबिच झडपसमेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जनभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय र नेताहरु डा अमरेशकुमार सिंह, वीरेन्द्रकुमार सिंह, उपेन्द्र कुशवाहालगायतको नेतृत्वमा निरन्तर आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले मृतकका परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले उचित आर्थिक सहयोग उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।

मृतक महेन्द्रको शव अझै पनि वीरगञ्जको अस्पतालमै रहेको पीडितका आफन्तजनले बताएका छन् । प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले सरकारले गरेको निर्णयानुसार रकम आउन केही दिन लागे पनि जिल्ला प्रशासन कार्यालयले लिखितरूपमा मृतक परिवारलाई १० लाख रुपैयाँ पाउने निर्णय भएको पत्र दिए तत्कालै शव बुझिने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आफूलाई आधिकारीकरूपमा परिपत्र आएपछि मात्र सो काम गर्ने बताएका छन् ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top