प्रतिनिधिसभापछि अब प्रदेशसभा विघटनको तयारीमा ओली

९ पुस, काठमाडौं ।
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले अब प्रदेश सरकारमाथि प्रहार गर्ने संकेत दिएका छन् ।

Advertisement

आफ्नो समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अल्पमतमा छन् ।

ओली समूह बलियो गण्डकी प्रदेशमा मात्रै हो । आइतवार संघीय सरकारको प्रतिनिधि सभा विघटन गरेपछि प्रदेशमा आफु निटक मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्रदेशसभा समेत विघटन गर्नेका लागि परामर्शमा जुटेका छन्।

Advertisement

बुधबार साँझ प्रधानमन्त्री ओली आफु निकट नेतासँग प्रदेश सभा विघटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए । आफुनिकट मुख्यमन्त्री र मन्त्री सकटमा परेका कारण उनीले प्रदेशसभा पनि विघटन गरेर सँगै निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको ती नेताले बताए ।

‘आजको केन्द्रीय कमिटि बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रीपरिषद बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ । प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधि सभासँगै विघटनका गर्न लाग्नुभएको थियो ।

Advertisement

तर, विवाद प्रदेश र स्थानियतह सम्म पुग्छ भनेर उक्त निर्णय रोकिएको थियो ।’ उनले भने, ‘हाल राजीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा विघटन हुन्छ भने थाहा छ । प्रतिनिधि सभा विघटन हुँदा प्रधानमन्त्रीले प्रदेश सभा पनि विघटन हुँदै छ भनेर सन्देश दिएका थिए ।

संधिवानले प्रदेशसभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्था अनुसार ओलीले प्रदेशसभा विघटन गर्न सक्ने कानून व्यवसायीको मत छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top