९ पौष, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपाको केपी शर्मा ओली (समूह) को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल सहभागी भएका हुन् ।
चार दिनसम्म कुन समूहमा जानेबारे निर्णय नगरेका बादलले बुधबार रातिमात्रै ओलीलाई रोजेका थिए ।
आजको केन्द्रीय समिति बैठकअघि पन बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए । पूर्वमाओवादीका बादल प्रचण्ड-नेपाल समूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ।
उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना रहेको स्रोतले बतायो।
पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली समूहमा लागेका छन्। ओली समूहको केन्द्रीय समिति बैठक अहिले जारी छ।