संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा जाने पौडेल पक्षीय भेलाको निष्कर्ष

९ पौष, काठमाडौँ । संसद विघटनको विरोधमा तत्काल सडक आन्दोलनमा जान सभापति शेरबहादुर देउवा पक्षले आनाकानी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाको चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा सकिएको भेलाले जारी केन्द्रीय कमिटी बैठकमा आन्दोलन पक्षधरको एउटा आवाज बनाउने पनि निर्णय गरेको छ ।

नेता पौडेलले सभापति देउवालाई छुट्टै भेटेर भेलाका निष्कर्ष र आन्दोलनका कार्यक्रमबारे जानकारी गराउने पनि भेलाको निर्णय भएको सहभागी एक नेताले बताए ।

भेलाले पुस १३, १४ र १५ गते जिल्लाव्यापी प्रदर्शन, त्यसपछिका तीन दिन संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन, तेस्रो चरणमा पालिकास्तरीय र चौथोमा वडास्तरमा विरोध कार्यक्रम गर्नुपर्ने ठहर गरेको छ । यो चरणबद्ध कार्यक्रम ल्याउनका लागि केन्द्रीय समिति र सभापति देउवालाई आग्रह गरिने छ ।

भेलामा सहभागी केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद विघटन असंवैधानिक भएको र संवैधानिक परिषद्को सिफारिसलाई पनि अस्वीकार गर्ने भन्दै त्यसमा सिफारिस भएकाहरुलाई फिर्ता लिन आह्वान गर्ने कुरा केन्द्रीय समितमा उठाउने पनि निर्णय गरेको छ ।

भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापालगायत २२ केन्द्रीय सदस्य सहभागी थिए । भेला सकेर नेताहरु केन्द्रीय समिति बैठकमा सहभागी हुन हिँडेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top