×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

खुट्टा तान्ने प्रवृतिका कारण संसद विघटन गरेको प्रधानमन्त्रीको प्रष्टोक्ति

९ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन । उनले भने ‘किन संसद विघटन गर्नुपर्यो । अरु थुप्रै कुरा छोडिदिनुस । यहि किचकिच, यहि झमेला पार्टी भित्र सधैं हिंडन खोज्यो खुट्टा समाउने, हिंडन खोज्यो अल्झाउने, हिंडन खोज्यो धराप थाप्ने, हिंडन खोज्यो अल्झो लगाउने । देश हाँक्नुपर्ने बेलामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने । सरकारलाई गतिशिल ढंगलले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने । के मा भन्दा दिनै पिच्छेका गफ फिटनेहरुका कुरामै अल्झिनुपर्ने । उनीहरु गफ फिटेर बस्छन त्यसैमा अल्झिनुपर्ने ।’ अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको पनि बताए । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको बताए । उनले भने ‘आन्दोलन के का लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्यो । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? तपाई हामी बुझ्न सक्छौं । उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ ।’ देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताए । त्यसैले संसद पुनरस्थापना गरेर एक डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेको बताए । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको पनि बताए । उनले भने ‘देश विगार्ने, देशको एकता तोडने देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ ? त्यसकारण उहाँहरुलाई के लागेको छ भने अलि एक डेढ वर्ष भएपनि संसद पुनरस्थापना गरेर जोड घटाउ, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन, यता मेलमिलाप कसको आशिर्वाद आदीबाट फेरी सरकारमा पुग्न पाइन्थ्यो की त्यसपछि त चुनाव भयो भने हुँदैन । चुनाव भयो भने चान्स हुँदैन भनेर उहाँहरु भागिरहनु भएको छ । चुनाव भन्ने वित्तीकै उहाँहरु निद्रामा झस्किनुहुन्छ ।’

Advertisement

गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताए । अन्तिम समय सम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाले बताए । पार्टीलाई फुटाउन सपथ खाएकाहरुसँग जति अनुनयविनय गरेपनि सम्भव नभएको बताए । उनले भने ‘हामीले फुटवादीहरुलाई आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरुलाई हामी परास्त गर्न सकिन्छ । उनीहरुलाई हामीले एकस्पोज गर्न सकिन्छ । त्यसकारण मध्यावधिक निर्वाचन नयाँ आन्दोलन, नयाँ अभियान एकताको निम्ति जरुरी छ । अरु तरिकाले हामीले विभाजित समूहलाई एकीकृत गर्नेृ प्रयत्न गर्यौं । तर सम्पूर्ण प्रयत्नहरु असफल सिद्ध भए । हामीले स्थायित्व कायम गर्नका निम्ति स्थिरता कायम गर्नको निम्ति हामीले धेरै तरिकाले प्रयत्न गर्यौं । धेरै उपायहरु अपनायौं । पछिल्लो चरणमा अन्तिम सम्ममा पनि कोशिष गर्यौं । यो पार्टीलाई विभाजित गर्नेहरुसँग हामीले अनुनयविनय पनि गर्यौं । पार्टीलाई विभाजन गर्ने, नेतृत्वलाई विस्थापित गर्ने सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा पुटवाद हो । यसरी नेतृत्वलाई विस्थापित गर्ने अपदस्त गर्ने वा परिवर्तन गर्ने, नेतृत्व निर्माण गर्ने त्यसको आफ्नो बैज्ञानिक र क्रान्तिकारी विधि प्रक्रियाहरु ह्ुन्छ त्यो ढंगले गरौं । हामीले अन्तिम सम्म पनि अनुनय विनय गरेको हो तर उहाँहरुले त्यो कुरा मान्नु भएन । उहाँहरुले पार्टीलाई फुटाई छाडने कसम खानुभएको थियो । उहाँहरुले यो सकरारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो । उहाँहरुले अन्ततः त्यही गर्नुभयो ।’

Advertisement
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top