×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

धितोपत्र दलाललाई अब कम पैसा दिए पुग्ने

१० पुष २०७७

१० पुष, काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरूले लिने सेवा शुल्क घट्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले विज्ञप्ति निकालेर लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकताको आधारमा सेवा शुल्कमा पुनरावलोकन गरिएको जनाएको छ । धितोपत्र कारोबार प्रणाली तथा सेवामा सुधार हुँदै गएको, बजारमा प्रणालीगत सुधार भएको, अनलाइनमार्फत कारोबार गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्ने, कारोबार लागतलाई प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय अभ्यास गर्नुपर्नेलगायत कारण सेवा शुल्कमा पुनरावलोकन गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेकोे छ । दैनिक कारोबार बढ्दै गइरहेकाले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाउन खोजिएको बोर्डले जनाएको छ । पुनरावलोकन भएको नयाँ सेवा शुल्कअनुसार धितोपत्र दलाल व्यवसायीले अब ५० हजारसम्मको कारोबारमा शून्य दशमलव ४०, ५० हजारदेखि ५ लाख रुपैयाँसम्म शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्म शून्य दशमलव ३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म शून्य दशमलव ३० प्रतिशत र एक करोड भन्दामाथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शुल्क लिन पाइने भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरूलाई कारोबार सेवाबापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाइ तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र सङ्गठित संस्थाको शेयरको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी सेवा शुल्कमा पुनरावलोकन गरिएको छ । पुनरावलोकनबाट शेयर, ऋणपत्र, सामूहिक लगानी योजनालगायत अरू धितोपत्रको कारोबार बढ्नुका साथै नयाँ लगानीकर्तासमेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशील एवं प्रतिस्पर्धी हुने बोर्डले अपेक्षा गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top