ओलीलाई छाडेर प्रचण्ड–नेपालतिरै फर्किए छक्कबहादुर लामा

ओलीलाई छाडेर प्रचण्ड–नेपालतिरै फर्किए छक्कबहादुर लामा

११ पुस, काठमाडाैँ ।

हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गर्दै प्रचण्ड-माधव समूहमा लागेका छन् ।

नेकपा फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर शनिबार विज्ञप्ति प्रकाशन गरी आफूलाई केन्द्रीय सदस्यमा मनोनय गरेकामा ओली पक्षलाई धन्यवाद दिँदै आफूलाई अस्वीकार्य भएको जानकारी गराएका हुन्।

जनमत र हुम्लावासीको सुझावको कदर गर्दै आफू प्रचण्ड नेपाल पक्षमै रहेको उनले विज्ञप्तिमार्फत बताएका छन्। उनले आफू ओली पक्षमा लागेको भन्ने हल्लाको भ्रममा नपर्न सबै नेता/कार्यकर्ता तथा हुम्लावासीलाई आग्रहसमेत गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.