पीएम कप क्रिकेट : एपिएफकाे फराकिलाे जित, कर्णाली ३१ रनमै अलआउट

१० पुस ७७, शनिबार

११ पुस, दाङ ।

सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता दोस्रो खेलमा विभागीय टोली एपिएफ विरुद्ध कर्णाली प्रदेश ३१ रनमै अलआउट भएको छ । योसँगै कर्णालीले एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरको हार बेहोरेको छ ।

देउखुरी क्रिकेट मैदानमा भएकाे खेलमा जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ओभरमा १४.१ रनमा ३१ रनमा अल आउट हुन पुग्यो । कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका पाँच ब्याटर शून्यमा आउट भएका थिए । कर्णालीको तर्फबाट कप्तानी लक्ष्मी रिमालले सर्वाधिक ६ रन बनाइन् । दीक्षा पुरी ५ रनमा अविजित रहिन् । तीन ब्याटर सिंगलमा आउट भएका थिए ।

पहिलो ओभरको पाँचौ बलमा सोनु खड्काले ओपनर मोनिका रानालाई शून्यमा एलबिडब्लू आउट गरेकी थिइन् । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले अर्की ओपनर तिर्सना विश्वकर्मालाई २ रनमा एलबिडब्लू आउट गरिन् । छैटौं ओभरको पहिलो बलमा राजमती ऐरीले अन्शु शाक्यलाई एक रनमा बोल्ड आउट गरिन् । तीन बल पछि लक्ष्मी पुरी शून्यमा एलबिडब्लू आउट हुँदा कर्णाली ११–४ को अवस्थामा पुगेको थियो ।

त्यसपछिका ब्याटर पनि क्रिजमा समालिएर प्रर्दशन गर्न सकेनन् । नवौं ओभरको पहिलो बलमा आयुशा टन्डन शून्यमा रन आउट भइन् । चार बल पछि कप्तान लक्ष्मी रिमाललाई करुण भण्डारीले ६ रनमा एलबिडब्लू आउट गर्दा कर्णाली ८.५ ओभरमा १७–६ को कमजोर अवस्थामा पुगेको थियो । लगत्तै अर्को बलमा सुजिता बोगटीलाई शून्यमा बोल्ड आउट गरिन् । करुणाले अन्जु गुरुङलाई १ रनमा बोल्ड आउट गरिन् ।

कर्णालीले १५ रन एक्स्ट्रा मार्फत पाएको थियो । एपिएफकी स्पिनर करुणा भण्डारीले ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिइन् । राजमती ऐरीले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल र सोनु खड्काले एक एक विकेट लिइन् ।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएका थिए । एपिएफकी कप्तान सीता राना मगरले ५९ बलमा ८ चौका सर्वाधिक ६८ रनको योगदान दिइन् । सरिता मगर ३४ बलमा ६ चौका सहित ४४ रनमा अविजित रहिन् ।

एपिएफलाई ओपनर ज्योती पान्डे र सीता रानामगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निशा पराजुलीले अंशु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । ज्योतीले ३० बलमा ३ चौका सहित ३२ रन जोडीन् । दोस्रो विकेटका लागि सीता र सरिताले ९९ रनको साझेदारी गरेका थिए ।

सीतालाई १८ औं ओभरको चौथो बलमा अञ्जु गुरुङले बोल्ड आउट गरिन् । ईन्दु बर्मा १२ बलमा ४ चौका सहित २२ रन जोड्दै क्याच आउट भइन् । इन्दुलाई दीक्षा पुरीले कप्तान लक्ष्मी रिमालबाट अन्तिम ओभरको तेस्रो बलमा क्याच आउट गराएकी थिइन् । ममता चौधरी २ रनमा आउट भइन् ।

कर्णालीको फिल्डिङ निकै कमजोर देखिएको थियो । कर्णाली महिला खेलाडीले एक्स्ट्रा ६७ रन खर्चेका थिए । ४१ वाइड र १८ नो बल फालेका थिए । बलिङ र फिल्डिङ दुबै कमजोर देखिएको थियो ।

युवा खेलाडीले भरिएको कर्णालीका अघिकांश खेलाडी भर्खर क्रिकेट सिक्दै गरेका छन् । कर्णालीकी दीक्षा पुरीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिइन् । निशा पराजुली र अन्जु गुरुङले पनि १–१ विकेट लिइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top