चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन तथा दीप प्रज्वलन

११ पुस ७७, आइतबार

११ पुस, चितवन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा चितवनको कालिका नगरपालिकास्थित खोलेसिमल बजारमा प्रदर्शन गरिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा सङ्घ र अनेरास्ववियुको आयोजनामा आज साँझ भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले ओलीको कदमको समर्थन गरेका हुन् ।

पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद् विघटन गरी मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठकले बताए।

प्रदर्शनमा सहभागी युवा विद्यार्थी नेताहरूले प्रधानमन्त्री केपी ओली जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद, आजलाई होइन भोलिलाई हाम्रो समर्थन संस्थापन पक्ष ओलीलाई लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य राखेका थिए। सो अवसरमा  प्रधानमन्त्री केपी ओलीको समर्थनमा दीप प्रज्वलन समेत गरिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top