डडेल्धुरामा जीप दुर्घटना ः ३ को मृत्यु,८ घाईते

१४ जेठ ७५, मंगलबार

विराटनगर,जेठ १५

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ८ जना घाईते भएका छन् ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप गजरौलामा दुर्घटनामा परेको हो ।जीप दुर्घटनाको कारण भने खुलेको छैन ।

Advertisement

दुर्घटनाका मृतकहरुको सनाखत हुन नसकेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएको छ ।

Advertisement

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top