राष्ट्रिय आविष्कार केन्द्रले बनायाे हात्ती धपाउने यन्त्र

राष्ट्रिय आविष्कार केन्द्रले बनायाे हात्ती धपाउने यन्त्र

कीर्तिपुर : बाँदर धपाउने भनेर बनाइएको यन्त्रले हात्ती आतङ्क नै रोक्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । बाँदर धपाउने यन्त्र बनाउँदा बनाउँदै हात्ती नै धपाउन मिल्ने भएपछि स्थानीयवासी खुसी भएको बताउनुहुँदै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले यन्त्रलाई अझ परिस्कृत बनाउने तयारीमा लागिपरेको जानकारी दिनुभयो ।

हुन पनि मानव बस्तीमा हात्तीले बारम्बार दुःख दिन थालेपछि सौराहामा स्थानीयवासी हैरान थिए । हात्ती धपाउन पुत्ले मेसिन जडान गरे । जडान गरिएको हात्ती धपाउने पुत्ले मेसिन अहिले परीक्षणका क्रममा रहेको बाघमारा सामुदायिक वनका अध्यक्ष जितु तामाङले जानकारी दिनुभयो । उहाँले यो मेसिनले धेरै आशा जगाएको छ । मेसिनले प्रभावकारी काम ग¥यो भने आविष्कार केन्द्रप्रति पीडित स्थानीयवासी खुसी हुनेछन् भन्नुभयो ।

उहाँले वन्यजन्तु मार्नु पनि भएन तर हात्तीले हैरान गर्न थालेपछि यसरी मेसिनबाट भगाउने उपाय अपनाइएको हो भन्नुभयो । विगतमा मानव बस्तीमा हात्ती पसेको थाहा पाएमा टिन ठटाउने, ठूलो स्वरमा कराउने, आगो बाल्ने र रातभरि जाग्राम बसेर बस्तीको रेखदेख गर्ने काम स्थानीयवासीले गर्थे तर जाडोको समयमा रातभर बाहिर बसेर पहरा दिन कठिन हुने गरेको उहाँले सुनाउनुभयो । त्यही कठिनाइ हटाएर घरभित्रैबाट हात्ती धपाउन सकिने मेसिन अहिले जडान गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रले बनाएको यो मेसिनले स्थानीयवासीमा आशा जगाएको आविष्कार केन्द्रले जनाएको छ । केन्द्रप्रमुख पुनले भन्नुभयो, “पहिले मकै खाएर किसानलाई दुःख दिने बाँदर धपाउनका लागि भनेर बनाउन थालिएको हो तर पछि बँदेल र मानिसको ज्यानै लिने हात्तीसमेत धपाउने गरी बनाउनुपर्ने सोच आएपछि त्यो अवधारणाको उपयोग गरिएको हो ।” उहाँले सञ्चालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रमा बनेकामध्ये एउटा मेसिन अहिले सौराहाको बाघमारा सामुदायिक वनको गेटमा राखेर परीक्षण थालिएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.