×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न

१४ पुष २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो। प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जानकारी गराएका थिए। ‘पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको हो।

प्रधानमन्त्रीको भनाइ थियो, ‘ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लिएको हुँ। अब सम्झौताका नाममा पछि फर्किन सकिन्न।’ स्रोतका अनुसार प्रधानमन्त्रीसँग चिनियाँ राष्ट्रपतिका विशेष दूत कुओ येचौले सोधे, ‘के मध्यावधि चुनाव सहज ढंगले सम्भव छ ?’

Advertisement
Advertisement

‘किन छैन ?’ प्रधानमन्त्रीको जवाफ थियो, ‘मज्जाले सम्भव छ।’ प्रधानमन्त्री ओलीसँग टोलीले तीन चरणमा भेटवार्ता गरेको स्रोतले जनायो। पहिलो चरणमा प्रधानमन्त्री ओलीसँग अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्बाङ थिए। त्यसपछि उनीहरू बाहिरिए। प्रधानमन्त्रीको साथमा प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई सामेल भए। अन्त्यमा प्रधानमन्त्री एक्लै बसेर भेट गरे।

Advertisement

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावमा गइसकेकाले नयाँ जनादेशबाट फेरि स्थिरताको बाटोमा नेपाल जाने धारणा राखेको स्रोतले बतायो।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top