×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

कांग्रेसको विरोधसभामै दुई थरी मत

१४ पुष २०७७

काठमाडौँ : कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै सोमबार देशभर प्रदर्शन गरेको छ । असंवैधानिक कदम सच्याउने बाटोबारे भने केन्द्रीय कार्यसमिति बैठकमा जस्तै सडक प्रदर्शनमा पनि नेताहरूको मत बाझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय अधिकांश नेताहरू ओलीको कदमलाई असंवैधानिक मानेर विरोध मात्रै गर्ने पक्षमा देखिएका छन् । सोमबारको प्रदर्शनमा पनि उनीहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विषय उठाएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय धेरैजसो केन्द्रीय सदस्यले पुनःस्थापनामै जोड दिए ।

Advertisement
Advertisement

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अदालतको विषयमा पार्टीले बोल्दै नबोल्ने प्रस्ट पारेका थिए । ओलीको कदमलाई असंवैधानिक भनेर मात्रै सडकमा जानुपर्ने तर पुनःस्थापनाको विषय उल्लेख गर्न नहुनेमा उनी दृढ छन् । उनको यो अडानलाई कांग्रेसभित्रै एकथरी नेताहरूले प्रधानमन्त्री ओलीसँगको साँठगाँठलाई जोडेर हेर्दै आएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले संसद् पुनःस्थापनको पक्षमा बोल्ने नेताहरूलाई रोक्ने प्रयाससमेत गरेका थिए । उनले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भन्दै सदस्यहरूलाई त्यसमा प्रवेश नगर्न बारम्बार आग्रह गरिरहेका छन् । पञ्चायतकालमा समेत न्यायालयको निर्णयलाई मान्दै आएको स्मरण गर्दै उनले अदालतलाई प्रभाव पार्ने काम कांग्रेसले गर्न नसक्ने बताए ।

देउवा सुरुमा सडक संघर्ष नै गर्न नहुने पक्षमा थिए । पार्टीभित्र चर्को दबाब परेपछि उनले सांकेतिक विरोधका लागि भन्दै १ सय ६५ निर्वाचन क्षेत्र केन्द्रित एक दिनको विरोध कार्यक्रम ल्याउन बाध्य भएका हुन् । भक्तपुरको सभामा उनले केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका थप कार्यक्रम ल्याउने जानकारी गराएका छन् । अदालतमा विचाराधीन मुद्दामा भने कांग्रेस प्रवेश नगर्ने उनले पटकपटक दोहोर्‍याए । ‘अदालतको फैसला पक्षमा होस् कि विपक्षमा, कांग्र्रेसले मान्दै आएको छ । हरेक मुद्दा मामिलामा मान्दै आएका छौं । फौज्दारी मुद्दा होस् वा देवानी मुद्दा । न्यायालयको निर्णय स्वतन्त्र हुन्छ,’ विरोधसभामा देउवाले भने, ‘अदालतमा विचाराधीन मुद्दामा यो गर र ऊ गर भनेर कांग्रेसले दबाब दिँदैन । पार्टीले भन्दैन ।’

वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, गगन थापा, प्रदीप पौडेलगायत नेताहरूले भने संसद् पुनःस्थापनाले मात्रै असंवैधानिक कदम सच्चिनेमा जोड दिइरहेका छन् । आउने केन्द्रीय कार्यसमिति बैठकमा यस विषयलाई अझ जोडका साथ राख्ने तयारी उनीहरूको छ । कांग्रेसले स्पष्ट दृष्टिकोण बनाएर अघि बढ्न नसक्दा प्रतिनिधिसभा पनि पुनःस्थापना नहुने र निर्वाचन पनि नहुने अवस्थामा मुलुक प्रवेश गर्न लागेको भन्दै पौडेलले चिन्ता प्रकट गरे । उनी विरोधसभालाई सम्बोधन गर्न तनुहुँ पुगेका थिए । ‘बूढी मरी भनेर नरुनु, काल पल्कियो भनेर रुनु भन्नेजस्तै अहिलेको परिस्थिति निर्माण भएको छ,’ उनले भने । प्रतिनिधिसभा पुनःस्थापना नहुने र चुनाव पनि नहुने अवस्था निर्माण गरेर ओलीले लोकतन्त्र र संविधान नै विघटन गर्ने दिशामा लगेर मुलुकलाई अफगानिस्तान बनाउन खोजेको टिप्पणी गरे ।

लोकतन्त्र र संविधानलाई घाइते बनाउँदा कांग्रेसले सच्याउने बाटो लिनुपर्ने उनको भनाइ थियो । त्यो बाटो प्रतिनिधिसभा पुनःस्थापना रहेको उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रभन्दा ठूलो सत्ता र शक्ति हुन नसक्ने बताए । ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर ठूलो अपराध गरेका छन् । लोकतन्त्रमाथि प्रहार गरिएको छ । संविधानमाथि प्रहार भएको छ । प्रतिनिधिसभा पुनःस्थापना गरेर करेक्सन गर्ने मौका छ,’ दमौलीमा आयोजित सभामा पौडेलले भने, ‘जनताले फेरि भोट दिने मौका पाए भन्ने कुरा ठिकै हो । तर परिस्थिति यस्तो छ कि, यही मौकामा उत्तर, पश्चिम र दक्षिणबाट हानिएर आइरहेका छन् । यो मुलकलाई शक्ति केन्द्रको खेलमैदान बनाउन खोजिएको छ । अराजकताको केन्द्र बनाएर अफगानिस्ताको हालमा पुर्‍याउन खोजिएको छ, फेरि द्वन्द्व र हिंसाको अखडा बनाएर मुलुकलाई असफल बनाउन खोजिएको छ । प्र्रतिनिधिसभा पुनःस्थापना नहुने र निर्वाचन पनि नहुने अवस्था भयो भने मुलुकको शासन कसले गर्छ ?’ उनले कांग्रेस कतैको तानातानमा फस्न नहुनेमा जोड दिँदै आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नुपर्ने बताए ।

सभापति देउवाले आफ्नो लाइनलाई समर्थन जनाउन आग्रह गरेकै भोलिपल्ट महामन्त्री शशांक कोइरालाले भने नवलपुरमा गएर निर्वाचनकै पक्षमा धारणा राखेका छन् । देउवाले आइतबार बूढानीलकण्ठस्थित निवासमा कोइरालालाई बोलाएर प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा नलागी आफूलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो । महामन्त्री पूर्णबहादुर खड्कासहितको उपस्थितिमा भएको छलफलमा कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने स्थिति आउनेतर्फ सचेत हुनुपर्ने बताएका थिए । देउवालाई भेटेपछि नवलपुर गएका कोइरालाले कार्यकर्तालाई निर्वाचनका लागि तयार रहन आह्वान गरेका हुन् । निर्वाचनको मिति तोकिइसकेकाले कांग्रेसले निर्वाचनलाई स्विकारेर जानुपर्ने उनको भनाइ थियो ।

काठमाडौंकै निर्वाचन क्षेत्र नम्वर १ मा आयोजित सभामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने अन्य राजनीतिक दलसमेतको सहकार्यमा सडक संघर्षमा जानुपर्ने भनाइ राखेका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना गराएर ओलीको असंवैधानिक कदम सच्याउनुपर्ने बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कदम राष्ट्रपतिले सच्याउनुपर्नेमा उनीसमेत सहयोगी बनेको भन्दै कांग्रेसले सडक संघर्षलाई निरन्तरता दिने बताए ।

कांग्रेस नेता थापाले २०१७ सालको ‘कु’ पछि बीपी कोइरालाले अदालतमा दिएको बयानको स्मरण गर्न पार्टी नेतृत्वलाई आग्रह गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि अदालतकै अघिल्तिरको सडकमा उपस्थित भएर कांग्रेसले आफ्नो भनाइ प्रस्टताका साथ राख्ने उनको भनाइ थियो । ‘बिनाभय, बिनागोप्य निर्देशन, बिनारहस्यात्मक निर्देशन अदालतले न्याय दिन सक्यो भने अदालत हुनुको अर्थ हुन्छ, अदालतको साँघुरो किल्लामा न्यायको हत्या नहोस्’ भनेर बीपी कोइरालाले बयान दिएको उल्लेख गर्दै नेपालगन्जमा आयोजित कार्यक्रममा थापाले भने, ‘तिनै बीपीका कार्यकर्ता हामीले आज संविधानमाथि ठाडो प्रहार हुँदा टुलुटुलु हेरेर बस्न मिल्दैन । सडकमा आएर भन्नुपर्छ– न्यायालयप्रति हाम्रो सम्मान, आस्था र विश्वास छ । श्रीमान्हरूले दायाँबायाँ नहेरी बक्सियोस, पर्दापछाडि पनि नहेरिबक्सियोस्, खासखुस नगरिबक्सियोस् । कतै हेर्नुपर्दैन, केबल आफूले शपथ खाएको संविधान हेरे पुग्छ ।’

सहमहामन्त्री प्रकाशरण महतले अदालतले संसद् पुनःस्थापना गरे फेरि दुई वर्ष कम्युनिस्ट शासनको बेथिति मुलुकले बेहोर्नुपर्ने भएकाले त्यस्तो बाटो पनि उचित नहुने बताए । ‘पुनःस्थापना हुने कि नहुने भन्ने निरूपण सर्वोच्च अदालतले गर्छ । अन्तिम व्याख्या गर्ने अधिकार पनि उसैको हो । सर्वोच्च अदालतको निर्णय अन्तिम हुन्छ । सर्वोच्चले पुनःस्थापना गर्‍यो भने दुई वर्षसम्म फेरि कम्युनिस्ट शासन बेहोर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विघटनलाई यथावत् राख्ने निर्णय आयो भने ओली सरकारले चुनाव गर्छ कि गर्दैन भन्ने चिन्ता छ, यो अवस्थामा आन्दोलन समयमा निर्वाचन गराउनेतिर केन्द्रित हुनुपर्छ । जनताबाट अनुमोदन नभई शासन सत्तामा रहिरहने कुनैलाई पनि अधिकार छैन ।’ विराटनगरमा आयोजित विरोध प्रदर्शनमा नेता शेखर कोइरालाले सडकबाटै कांग्रेसले मुलुकलाई राजनीतिक निकास दिने बताए । प्रधानमन्त्री ओलीले गरेको संवैधानिक ‘कू’ नसच्चिउन्जेल कांग्रेसले सडक संघर्ष गरिरहने उनले जनाए । ‘सर्वोच्च अदालतले निर्वाचनमा जाने निर्णय गरेपछि पनि निर्वाचनको सुनिश्चितताका लागि सडक संघर्ष गरिरहनुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा आयोजित विरोध सभामा नेता मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गराउनेमा आफूहरू विश्वस्त रहेको बताए । प्रतिनिधिसभा पुनःस्थापना नभए संविधानको हत्या हुने उनको भनाइ थियो ।

Advertisement

कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । राजधानी काठमाडौंमा मात्रै एक दर्जन ठाउँमा विरोधसभा भएका थिए । सभापति देउवाबाहेक अधिकांश कांग्रेस नेता आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्र पुगेका थिए । विरोध प्रदर्शनपछि सभापति देउवाले विज्ञप्ति जारी गर्दै व्यापक सहभागिताका साथ कार्यक्रम सफल भएको जनाएका छन् । प्रदर्शनमा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचारविरुद्ध जनभावना अभिव्यक्त भएको उनले उल्लेख गरेका छन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top