साउदीमा महिलाले सवारी चलाउन पाउने भन्दै वकालत गरेकी अधिकारवादीलाई जेल सजाय

१३ पुस ७७, मंगलबार

१४ पुस, एजेन्सी ।

साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । साउदी अरबमा महिलाले पनि सवारी चलाउन पाउने भन्दै वकालत गरेकी चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।

उनले महिलाहरूले पनि सवारी हाँक्न पाउनुपर्ने भन्दै अधिकारका लागि वकालत गरेकी थिइन् । बिबिसीका अनुसार ३१ वर्षकी हथलौलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् । उनीसहित केही अधिकारवादीहरूलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा सन् २०१८ मा पक्राउ गरिएको थियो ।

यस घटनालाइ गम्भीरताका साथ लिँदै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटक-पटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् । तापनि साउदी सरकार रिहा गर्न तत्पर छैन ।

यद्यपि हथलुल र उनको परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ । पक्राउपछि उनलाई प्रशासनले ३ महिनासम्म सम्पर्कविहीन बनाएको र उनलाई करेन्ट लगाइनुका साथै कुटपिट गरिएको परिवारकाे आराेप छ । साथै उनी यौन उत्पीडनको सिकार भएको समेत परिवारले आरोप लगाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top