प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्‍न ओली समूहका पौडेल र नेम्बाङ अस्पताल पुगे

१६ पुस, काठमाडौँ ।

Advertisement

नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न ओली समूहका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङ मेडिसिटी अस्पताल पुगेका छन् । उनीहरुले बुधबार साँझ दाहालको अवस्था बुझेर स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पौडेलका स्वकीय सचिव याम पाण्डेका अनुसार उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट पनि स्वास्थ्य लाभको सन्देश दिएका थिए ।

Advertisement

बुधबार प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई फोन गरेर पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझेका छन् । उनले सीता दाहालको स्वास्थ्य लाभको कामना समेत गरेको पाण्डेले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top