चुनावले होइन अभावले छोएको छ

१६ पुस ७७, शुक्रबार

सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दै छौं।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल ल्याउँदा पनि समस्या भोगेको उनले सुनाए। ‘कृषिप्रधान देशको सरकार किसानसँग पैसा लिएर मलसमेत बेच्न सक्दैन,’ उनले भने, ‘अब सकारबाट अरू के आस गर्ने ?’

ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ। गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ।

उनको जस्तै भोगाइ छ, पर्सा परसवाका तुला माझीको पनि। १५ वर्ष पुरानो बूढो सिरक फाटेकाले उनलाई चुनावले होइन, चिसोले छोएको छ। ‘जाडोबाट बाँच्ने–मर्ने ठेगान छैन,’ घरअगाडि घुर (वरिपरि जम्मा भएर आगो ताप्ने) ताप्दै गरेका माझीले भने, ‘भोट हाल्नेभन्दा पनि जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ।’ नागेन्द्र र तुलाको मात्र होइन, मध्य तराईका सर्वसाधारणको साझा समस्या यस्तै हो। बाक्लो कुहिरोमा परालको आगो ताप्दै जिउ तताउने यहाँका सर्वसाधारणलाई न त संसद् भंग भएको पीडा छ न त चुनावमा भोट हाल्ने उत्साह नै। पटकपटक भोट हालेर पनि दिनप्रतिदिन आफैंसँग पराजित हुँदै छन्।

पहिला पहिलाको चुनावताका यहाँका घुरमा राजनीतिक चर्चा बाक्लै हुने गथ्र्याे। कुन पार्टीले राम्रो गर्ला ? कसले विकास गर्ला ? भन्ने चर्चा हुन्थ्यो। तर अहिले घुरमा समस्या र अभावका कुरा सुनिन्छन्। ‘ठूला भनेका सरकारबाट जनताका ससाना समस्या पनि समाधान हुन सकेन,’ अम्रुल्ला अन्सारी भन्छन्, ‘त्यसैले उनीहरू राजनीतिबाट निराश छन्।’ फरक समयमा फरकफरक पार्टीलाई भोट हालेका उनीहरूले सबै दलमा साझा समस्या देखेको बताउँछन्। ‘भोट माग्न गाउँ आउने, जितेपछि हराउने’ चलनबाट उनीहरू आजित छन्।

‘यहाँका जनताले सूर्य, रूख, हँसियाहथौडा, हलो सबैतिर भोट हाले,’ वीरगन्ज–३१ का दीपक श्रेष्ठले भने, ‘न जाडोमा न्यानो पाएँ न त गर्मीमा शीतलता नै महसुर गरें।’ गरिबीको अभावमा रहेका किसानले हँसियाले समस्या छिमोल्न नसकेको अनि भूमिहीन किसानले जमिन जोत्न नपाएको उनी सुनाउँछन्।

तराईवादी पार्टीबाट जीवनमा केही परिवर्तन हुने आशा गरेका उनीहरूको विश्वास पनि हराउँदै गएको उनको बुभाइ छ। ‘सरकार जनताको मन जित्नेभन्दा पनि चुनाव जित्ने दाउमा मात्र छ,’ श्रेष्ठले भने, ‘चुनावमा जुन दललाई जिताए पनि जनता आफैं भने सधैं पराजित छन्।’

यहाँका सर्वसाधारणले धेरै सरकार देखे तर जीवनमा खासै परिवर्तन आउन नसकेको सामाजिक अगुवा नागेश्वर जैसवाल बताउँछन्। ग्रामीण भेगका सर्वसाधारणले पटकपटक भोट हाले पनि उनीहरूको हालत नसुध्रिएको उनको बुझाइ छ। ‘यहाँका जनतालाई चुनावले होइन, सदियौंदेखि अभावले छोएको छ,’ उनले भने, ‘पटकपटकको धोकापछि उनीहरू निराश हुन थालेका छन्।’ सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भिडभाड र घुस लिने चलनबाट उनीहरू झनै आजित छन्।, यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top