ओमान जाने श्रमिकले ७२ घण्टा भित्रको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने

१७ पौष, काठमाडौं । ओमान जाने नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ । पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्नेछ ।

ओमानमा रहेको नेपाली दूतावासका अनुसार त्यहाँको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको हो ।

अब निशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा हुनुपर्ने छ ।

यात्रा गर्नुपूर्व https://covid19.emushrif.om/traveler/travel ​ मा पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ । दूतावासका अनुसार पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको छ ।

यस्तै ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+ एप डाउनलोड गरेको हुनुपर्नेछ । तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन ।

यस्तै ओमानकाे नागरिक उड्ययन प्राधिकरणको स्वास्थ्य मापदण्ड अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने दूतावासले जनाएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top