×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

एसपी विष्टको पुनर्वहाली, को हो त निर्मलाको दोषी ?(भिडिओ सहित)

१७ पौष, विराटनगर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्षपुग्नै लागेको छ । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छन् ।

हत्यारा पत्ता नलाग्दा पीडित परिवारले न्याय पाउन सकेका छैनन् । निर्मलाका लागि न्याय धकेलिदै जादा यसै घटनासंग जोडिएका अर्का पात्र अर्थात एसपी डिल्लीराज विष्ट, जसलाई घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएको थियो,तर उनका पुनर्बहाली भएको छ  । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

२०७५ कार्तिक ८ मा गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय गरेको थियो । प्रहरी नियमावलीमा भएको प्रावधानअनुसार विष्टले सो निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुनरावेदन दिएका थिए । त्यसकै आधारमा गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै उनलाई पुनर्बहालीको निर्णय भएको हो ।

एसपी विष्टलाई सेवाबाट हटाउँदा मुख्य तीन आरोप लगाइएको थियो । निर्मला हराएपछि खोजी गर्न चासो नदिएको, शव भेटिएपछि घटनास्थलको सुरक्षा नगरी प्रमाण मेटाएको र नक्कली अभियुक्त खडा गरेको । पछि गरिएका छानबिनमा यी आरोप पुष्टि भएनन् ।

निर्मलाको बलात्कार गरि हत्या गरेको आशंकामा एसपी विष्टले नै पक्राउ गरेका स्थानीय दिलीपसिंह विष्ट अहिले पनि अपराधको सबैभन्दा नजिक छन् । अनुसन्धानमा पनि बदनियत नदेखिएपछि उनलाई पुनर्बहाली गर्ने निर्णय गरिएको बताइएको छ । विष्टसँगै सेवाबाट हटाइएका इन्स्पेक्टरको भट्टको हकमा भने निर्णय भएको छैन । उनी स्थानीय वडा प्रहरी कार्यालयको इन्चार्ज थिए ।

निर्मला हराएको दिन बेलुका उनका परिवारले खोजी गर्न आग्रह गर्दा उनले चासो नदिएको र बेलुका साथीहरूसँग मदिरा पिएर बसेको छानबिनमा खुलेको थियो । प्रमाण लुकाएकोलगायतका आरोप लागेका एसपीले सफाई पाइरहदाँसोही प्रकरणको मुख्य पाटो निर्मलाको परिवारले भने अहिलेसम्म न्याय पाउन सकेको छैन ।

निर्मलाको बलात्कार र हत्या कसले गरेको हो भन्ने अझै अनुत्तरित छ ।जबकी त्यही प्रकरणमा कारबाही भोगेका प्रहरीले सफाई पाएका छन्। उनीहरुले सफाइ पाउनुले उनीहरुले गरेको अनुसन्धान गलत थिएन भन्ने त देखाएको छ । तर अपराधी अझै पक्राउ परेका छैनन् ।प्रहरीले आभियुक्त भनेर सार्वजनिक गरेका ४१ वर्षीय दिलिपसिंह विष्ट अझै प्रहरीको शंकाको घेरामा छन्। दिलिपसिंह विष्टले भिडियो बयानमा निर्मलाको बलत्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। त्यसको बेलिबिस्तार नै लगाएका छन्।

यदि प्रहरीले उनलाई जबरजस्ती बोल्न लगाएको होइन भने, उनको बयानलाई आधार मानेर किन पक्राउ गरिएनभन्ने प्रश्न उब्जिएको छ। उनीविरुद्ध निर्मालाकी आमा दुर्गादेवी पन्तले किटानी जाहेरी नै दिएकी छिन्।यस्तो अवस्थामा प्रहरीले पहिलेको अनुसन्धानलाई नै पुनः प्रकृयामा लैजानुपर्ने थियो कि भन्ने प्रसंग पनि महत्पुर्ण रहेको छ ।

यद्यपी केन्द्रीय अनुसन्धान व्यूरो( सीआइबी) बाट डीएसपीको कमाण्डमा अनुसन्धान गर्न कञ्चनपुरमा अर्को टोली परिचालन भएको छ। तर, टोलीले पनि न नयाँ अनुसन्धानको शिरा नै समात्न सकेको छ, न त पुरानै अनुसन्धानलाई भेरिफाइ गरेर कारबाही गर्ने हिम्मत देखाइरहेको छ । घटना भएको अढाई वर्ष पुग्नै लाग्नुअनि अनुशन्धानको नाममा एक दर्जनभन्दा धेरैटोलीहरु परिचालन गरिसक्दा पनि निर्मलाले न्याय नपाउँनु मुलुक यहाँको प्रहरी प्रशासनका लागि लज्जाको विषय हो ।

भिडिओ हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=wVlyLJ7PfLY&t=1s&ab_channel=NepalTimes

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top