सरकारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा प्रदर्शन

सरकारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा प्रदर्शन

१७ पौष, काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ ।

प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।

प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.