सरकार र अन्तरपार्टीभित्रको प्रणालीलाई अपनाउन थालेका छौँ ः ‘प्रचण्ड’

काठमाडौँ,  जेठ १६

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले हासिल गरेको नेपालमा हालैको निर्वाचनको जनमत र त्यसपछि दुई ठूला कम्युनिष्ट पार्टीबीच भएको एकता सही रणनीतिका साथ जनवादको प्रयोग गर्दै समाजवादको आधार तय गर्न अग्रसर रहेको बताएका छन् ।

उनले जनताको चाहना बमोजिम स्थिरता र सुशासनका लागि अहिलेको सरकारले काम गर्दै पार्टीभित्र र बाहिरको लोकतन्त्रमा सुधार गरेर समाजवादको यात्रामा जानुपर्नेमा जोड दिए ।

Advertisement

अध्यक्ष दाहालले भने, “माक्र्सवाद एक विज्ञान हो, यसलाई आफ्ना राष्ट्रिय परिवेशका सन्दर्भमा प्रयोग गरेर समाजवादको यात्रामा अगाडि जान नसकिए जनताको चाहनालाई पूरा गर्न नसकिने विश्व इतिहासका सिकाइलाई आत्मसात् गरेर सजगताका साथ अघि बढ्न आवश्यक छ ।”

“जनवादलाई बुझ्ने र ग्रहण गर्ने सन्दर्भमा हामीले सरकार र अन्तरपार्टीभित्रको प्रणालीलाई अपनाउन थालेका छौँ,” उनले भने, “नेपाली कम्युनिष्ट आन्दोलनका सशस्त्र र शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिवर्तनका साथै समावेशी लोकतान्त्रिक संघीय गणतन्त्रका साथ समाजवाद उन्मुख संविधान दिलाउनु विश्वका लागि पनि एक सन्देश हो ।”

Advertisement

नेकपाका वरिष्ठ नेता एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले विश्वका सबै कम्युनिष्ट र समाजवादी तथा विरोधी धारमासमेत माक्र्सवादलाई समाज विज्ञानको दर्शनका रुपमा लिएको बताउँदै अहिले पनि सो दर्शन उत्तिकै सामयिक रहेको छ भने ।

नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्वका सरकार रहेको सन्दर्भमा कम्युनिष्ट र समाजवादी आन्दोलनका विश्व अनुभव आदानप्रदान गर्न सम्मेलन उपयोगी हुने बताउँदै उनले श्रमिक वर्गको मुक्ति र सामाजिक समृद्धिका लागि माक्र्सवाद बाहेक अर्काे दर्शन नभएको धारणा व्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उग्रपन्थी र दक्षिणपन्थी दुबै माक्र्सवादका लागि हानिकारक भएको उल्लेख गर्दै उत्पादनका साधनमा स्वामित्व विस्तार नगरी समाजवादमा जान नसकने बताए।

सम्मेलनमा चीन, भारतलगायत विश्वका करीब १५ मुलुकका समाजवादी, कम्युनिष्ट र श्रमिक पार्टीका प्रतिनिधि सहभागी छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top