रेलवे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई

१७ पुस ७७, शनिबार

१७ पुस, काठमाडौं ।

Advertisement

सरकारले जनकपुर–जयनगर रेलवे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिने भएको छ। सञ्चालनमा नआउँदै लिकका फलाम चोरी हुन थालेपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रेलवे सुरक्षाको जिम्मा सशस्त्रलाई दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विकासको महत्वपूर्ण पूर्वाधार सञ्चालनमा नआउँदै रेलवे लिकका फलाम चोरी हुन थालेको खबर आएकाले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको बताए ।

Advertisement

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारी दीर्घकालसम्मका लागि भने होइन ।स्रोतले भन्यो, ‘रेलवे ऐन बनिरहेको छ, त्यसमा रेल सम्बन्धी सुरक्षाका लागि छुट्टै डेडिकेटेड युनिटको परिकल्पना गरिएको छ’।त्यसैले तत्कालका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी दिइएको हो ।’

अधिकारीहरुका अनुसार जनकपुर–जयनगर खण्डमा ३५ किलोमटर रेलवे लिक निर्माण भएको छ । त्यहाँ ७ सय बढी क्लिप चोरी भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top