×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

राष्ट्रिय सभा अधिवेशन : प्रतिनिधि सभा विघटनप्रति चिन्ता

१८ पुष २०७७

काठमाडौँ : प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको अन्तर्विरोधका कारण जनप्रतिनिधिमूलक संस्था विघटन हुनु गलत भएको भन्दै आलोचना पनि भएको छ ।

अधिवेशन सुरु भएको अवसरमा मन्तव्यका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का संसदीय दलका नेता दीननाथ शर्माले पार्टीको अन्तर्विरोधका कारण प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताउनुभयो । पार्टीको किचलोको छायाँ सदनमा पर्नु दुःखद भएको पनि उहाँको भनाइ छ । उहाँले हालको पार्टी विभाजनको अवस्था कुनै पनि सिद्धान्त र वैचारिक कारण नभएको पनि बताउनुभयो ।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘‘पार्टी विभाजन सिद्धान्त, विचार वा दर्शनका आधारमा हुन गइरहेको छैन । केवल राजनीतिक कारणले मात्र विभाजन हुन गइरहेको छ । हिजो विभाजन विचार, दर्शन र सिद्धान्तका कारणले हुन्थे । सामान्य स्वार्थका कारण विभाजन भएका थिएनन् । कार्यनीति र रणनीति तथा सैद्धान्तिक र वैचारिक आधारमा भएका थिए । यो पटकको विभाजन राजनीतिक कारणले मात्र भएको छ ।’’

पार्टी विभाजनले सम्पूर्ण नेता कार्यकर्ता कसैको पनि पार्टी विभाजनले उदासीनता थपेको शर्माको भनाइ छ । राष्ट्रिय सभाको गरिमा र गौरवलाई ध्यानमा राखेर विघटनको विषय पनि उठान हुने उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका तर्फबाट धारणा राख्दै सांसद जितेन्द्रनारायण देवले प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिक परिदृश्यले लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्दै आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि समाप्त नै हुने हो कि भन्ने लक्षण मडारिएका छन् । हामी जो अग्रगमनका लागि लडेका छौँ, सबै चिन्तित छौँ । प्रधानमन्त्रीले म ६४ प्रतिशत बहुमतमा भएकाले विघटन गरेँ, ठीक गरेँ, संवैधानिक गरेँ भनेर भनिरहनुभएको छ । तर पूरै देश अलोकतान्त्रिक र गैरसंवैधानिक भनिरहेको छ । मुद्दा विचाराधीन रहेकाले हाम्रो पार्टी धेरै टिप्पणी गर्दैन तर यति जरुर भन्छ यो पूरै असंवैधानिक छ, अलोकतान्त्रिक छ ।’’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्या र देशको समस्यालाई फरक नछुट्याएको आरोप लगाउनुभयो । प्रधानमन्त्री हुँदादेखि नै राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अनुसन्धान विभागलाई आफू मातहत ल्याएर शक्तिको भोक देखाएको उहाँको आरोप छ । सांसद देवले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको पनि विरोध जनाउनुभयो । अध्यादेश संविधानको भावनाविपरीत भएकाले फिर्ता लिन पनि माग गर्नुभयो ।

यस्तै जनता समाजवादीका तर्फबाट दलको धारणा राख्दै सांसद प्रमिला कुमारीले प्रधानमन्त्रीको कदम २०१७ पुस १ गतेकै घटनाको पुनरावृत्ति भएको टिप्पणी गर्नुभयो । विघटनको निर्णय संविधानमाथिको ‘कू’ भएको उहाँको आरोप छ । विघटनको घटनालाई प्रधानमन्त्रीका शृङ्खलाबद्ध अभिव्यक्तिसँग जोडेर हेरिनुपर्ने पनि बताउनुभयो ।

त्यसअघि बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन प्रारम्भको पत्रको जानकारी दिइएको थियो । यस्तै बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको जानकारी गराइएको छ । बैठकले अधिवेशन नभएको अवस्थामा जारी राष्ट्रिय सभाका समिति गठनसम्बन्धी आदेश अनुमोदन गरेको छ ।

अध्यादेश पेस
यस्तै बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमनसम्बन्धी अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरीको (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) सम्बन्धी अध्यादेश तथा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेस भएका छन् । गृहमन्त्री रामबहादुर थापाले ती अध्यादेश पेस गर्नुएको हो । परिषद्सम्बन्धी अध्यादेश कानुन न्याय तथा संसदीय मामिलमन्त्री लीलानाथ श्रेष्ठले पेस गर्नुभएको हो ।

यस्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेस गर्नुभएको छ । कोरोना खोप ल्याउने कानुनी व्यवस्थाका लागि अध्यादेश जारी भएको थियो । यस्तै बैठकमा मन्त्री श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश बैठकमा पेस गर्नुभएको छ ।

यस्तै बैठकले विघटित प्रतिनिधि सभाका सदस्य, संविधान सभाका सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्यहरूको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ । अधिवेशन चालू नरहेको अवधिमा विघटित प्रतिनिधि सभाका सदस्यद्वय सानु शिवा र सूर्यबहादुर केसीको निधनमा शोक प्रस्ताव बैठकले पारित गरेको छ । यस्तै संविधान सभाका पूर्व सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरीको निधनमा पनि शोक प्रस्ताव पारित गरिएको छ । यस्तै प्रतिनिधि सभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामाको निधनमा पनि शोक प्रस्ताव पारित गरेको छ ।

Advertisement

राष्ट्रिय सभाका पूर्व सदस्यत्रय दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बू र प्रा।डा। राममान श्रेष्ठको निधनमा पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ । बैठकले अन्तरिम व्यवस्थापिकाका सदस्य रहनुभएका कमानसिं लामाको निधनमा पनि शोक प्रस्ताव पारित गरेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top