सम्राटको नयाँ लुगा सम्झाउने ओलीको कदम

काठमाडाैँ : राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन्।

देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन्डरसनले लेखेका थिए। यो कथालाई सयभन्दा बढी भाषामा अनुवाद गरिएको छ। देवले आफूले यो कथा १० कक्षामा पढेको र नेपालको अहिलेको राजनीतिक परिस्थितिसँग मेल खाने बताए।

‘यो कथा प्रतीकात्मक छ। महाराजले नयाँ लुगा लगाएर बजारमा जाँदा उनका अन्धभक्तहरूले भनेका थिए, महाराजको लुगा कति राम्रो। यसबाट महाराज खुसी भए। त्यसपछि उनलाई एउटा बच्चाले देख्यो र भन्यो– महाराज नांगै हुनुहुन्छ, यो कुरा सुनेर उनी दंग परे। बच्चाले सत्य बोल्यो। अहिले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम पनि यस्तै हो,’ देवले भने।

उनले थपे ‘प्रधानमन्त्रीको यो कदमले विभिन्न आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ।’

मुलुकमा राजनीतिक स्थायित्व दिने सोचका साथ संविधान बनाएको भए पनि असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएकाले यसले अस्थिरता निम्तिएको उनले बताए। उनले भने, ‘बूढी मरीभन्दा पनि काल पल्किने खतरा भयो।’

विगतमा प्रतिनिधिसभा विघटनजस्ता धेरै घटना भएकाले त्यसलाई नयाँ संविधानले हटाएको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा विघटनका घटना र विषयमा धेरै बहस भएको थियो। ‘संविधानको धारा ७६ को कुनै पनि उपधारामा विकल्प दिने सरकार हुँदाहुँदै विघटनको प्रावधान राखिएको छैन,’ उनले भने। संविधानले जनताको सर्वभौमसत्ता संसद्मा छ भनेको भए पनि प्रधानन्त्री ओलीले आफैंले प्रयोग गरेर संविधानविपरीत कार्य गरेको आरोप उनले लगाए। ,यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top