सौरभ गांगुली अस्पताल भर्ना

१७ पुस ७७, शनिबार

१८ पुस, एजेन्सी ।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली अस्पताल भर्ना भएका छन् ।

छातीमा पीडा भएपछि उनलाई कोलकातास्थित वुडल्याण्डस अस्पताल भर्ना गरिएको पीटीआई र एएनआईलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्क्रोल डट आइइन, इन्डिया टुडेले भने गांगुलीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको बताएका छन् । एएनआईसँग कुरा गर्दै गांगुली निकट स्रोतका अनुसार गांगुलको छातीमा पीडा भएपछि अस्पताल भर्ना गरिएको र उनलाई एन्जियोप्लास्टीको अवश्यकता हुनसक्छ ।

‘दादा (सौरभ) ले छाती दुखेको सुनाएपछि उनलाई तुरुन्तै अस्पताल लगियो । उनलाई एन्जियोप्लास्टीको आवश्यकता पर्न सक्छ । उनी खतरामुक्त छन्,’ स्रोतले भन्यो ।

बीसीसीआईका अध्यक्ष बुधबार मात्र इडन गार्डन पुगेर आगामी सायेद मुस्ताक अली ट्रफी आयोजना गर्ने बारे क्रिकेट बोर्ड अफ बंगाल (सीएबी) सँग छलफल गरेका थिए । शनिबार बिहान भने उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top