औषधि व्यवसायीहरुको लाइसेन्स नविकरणको समयावधि लम्बाउने तयारी

१८ पुस, काठमाडाैँ ।
औषधि व्यवसायीहरुको व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ । औषधी व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायीक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधी व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो ।

शनिबार भक्तपुरमा आयोजित नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधी व्यवसायीलाई दिइने व्यवसायीक प्रमाणपत्रको अवधि बढाउन सकिने बताएका हुन् । अहिले औषधी व्यवसायका लागि दिने व्यवसायिक प्रमाणपत्रको हरेक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । महानिर्देशक भट्टराईले भने तीन वर्ष देखि पाँच वर्ष भित्र कहिले नविकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताए ।

कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा विक्री वितरण आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधी व्यवसायीहरुलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुस्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top