×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न अत्याधुनिक प्रविधि

१८ पुष २०७७

१८ पुस, काठमाडौँ ।

नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ ।

उक्त प्रविधिको आज एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गरे। सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधि जडान गरिएको बताए ।

उक्त प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताए ।निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए ।

उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्यक्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोवारलाई अगाडि बढाउने बताए।निगमले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड–अनलोड गर्न शुरु हो । एपिआइ मापदण्डअनुसार पाइप लाइन जडान, भल्भ, पम्प जडान साथै ट्याङ्कर/ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ ।

रु दुई करोड ५० लाख लागतमा उक्त प्रविधि जडान गरिएको निगमका कार्याकारी निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार तीनवटा पम्प जडान गरेर आठ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ ।

यसअघि सो कार्यालयबाट आठ घण्टामा तीन/चार लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकामा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ ।

उक्त डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल÷मट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ ।

नयाँ प्रविधि जडानसँगै विभिन्न जिल्लाबाट पेट्रोलियम पद्धार्थ लिन आउने तथा भारतका विभिन्न स्थानबाट पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर लोड–अनलोड गर्न, भारतबाट तेल लिएर आएका ट्याङ्करलाई सोझै डिलरतर्फ पठाउनुपर्ने बाध्यता अन्त्य भएको प्रादेशिक कार्यालयले जनाएको छ ।

नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै मागअनुसार पेट्रोलियम पदार्थ लोड–अनलोड गरी समयमै पेट्रोलियम पदार्थ आपूर्ति गर्न सक्ने सहज भएको कार्यालयले जनाएको छ ।

पार्किङस्थल विस्तार
नयाँ प्रविधि जडानसँगै लुम्बिनी प्रादेशिक कार्यालयको पार्किङसमेत विस्तार गरिएको छ । पर्याप्त पार्किङ सुविधा नहुँदा ट्याङ्कररट्रक राख्न समस्या हुने गरेकामा पार्किङस्थल विस्तारपछि १०० ट्याङ्कररट्रक पार्किङ गर्न सकिने निगमले जनाएको छ ।

यसैगरी दुर्घटनाबाट बच्न इलेक्ट्रिकल सिस्टमलाई थप प्रभावकारी बनाउने, इलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्यले इलेक्ट्रिक प्यानल बोर्ड, एटियस प्यानलको जडानसहितको इलेक्ट्रिकल प्यानल हाउस निर्माण गरेको छ ।

नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकीकरण गरेसँगै व्यवसायीलाई सहज हुने बताए। उनले नयाँ प्रविधिको विकाससँगै व्यवसायीले कारोवार गरेवापतको कमिशन बढाउँदै लैजानुपर्नेमा जोड दिए । रासस

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top