बाइडेनलाई चुनौति दिन ट्रम्प समर्थक रिपब्लिकन सिनेटरहरु अन्तिम प्रयासमा

१९ पुस, एजेन्सी ।
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा रिपब्लिकन सिनेटरहरु लागेका छन् ।

बिना कुनै प्रमाण नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् ।

उनकै प्रमाण बिहीन आरोपको पछि लागेर जिम्मेवारीमा रहेका तथा नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणिकरणमा नमान्ने बताएका हुन् ।

टेड क्रुजको नेतृत्वमा ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले चुनावमा धाँधली भएको आरोप सम्बन्धमा कमिसन खडा नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणिकरण नगर्ने बताएका हुन् ।

उनीहरुले सदनबाट हुने प्रमाणिकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका छन् । जनवरी ६ मा सदनले बाइडेनको जितलाई प्रमाणिकरण गर्ने तालिका छ ।

टेड क्रुजसहितका ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले अवरोध गर्ने बताए पनि त्यसले सफलता पाउने सम्भावना भने छैन, अधिकांश सिनेटर त्यसको पक्षमा छैनन् ।

हार स्वीकार गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पको चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने कानूनी प्रयास प्रमाणको अभावमा अदालतहरुले खारेज गरेका छन् ।

त्यसपछि उनले इलेक्टोरल कलेज मतदातालाई प्रभावित गर्ने प्रयास गरे । त्यसमा पनि सफल नभएपछि नतिजा उल्ट्याउनका लागि सिनेटको अन्तिम विकल्प अपनाउने प्रयास गरेका हुन् ।

रिपब्लिकन सिनेटर मिट रोमिनीले आफ्नो पार्टी सिनेटरबाट भएको प्रयासको निन्दा गरेका छन् । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ३०६ इलेक्टोरल कलेज मत पाएर जित हाँसिल गरेका हुन् ।

ट्रम्पले मात्रै २३२ इलेक्टोरल कलेज मत पाए । इलेक्टोरल कलेज मतलाई जनवरी ६ मा सदनले प्रमाणिकरण गर्नु पर्छ । बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले जनवरी २० मा शपथ लिँदै छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top