×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

बगरमा उखुखेतीः प्रतिवर्ष दुई करोड बढीको बिक्री

१९ पुष २०७७

१९ पुस, कञ्चनपुर ।

नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् ।

Advertisement
Advertisement

यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको छ । उखु बाँध्न सजिलो, हावाहुरीबाट कम ढल्ने, रोग किरा कम लाग्ने, उत्पादन बढी हुने र चिनीको मात्रा अधिक हुने भएकाले मिलमा बेच्न लैजाँदा सहजै बिक्री हुने भएकाले किसानले शरदकालीन उखुखेतीलाई बढावा दिन थालेका जनाइएको छ । अन्तरबालीका रुपमा तोरी, मसुरो, आलु र लसुनखेती गरी किसानले दोह्रो आम्दानीसमेत लिँदै आएका छन् ।

सामान्य विधिको भन्दा ट्रेन्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने गरेको छ । आधुनिक हलोको मद्दतले ट्रेन्च अर्थात् नालीमा उखुलाई रोपिने गर्दछ । यसबाट उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीलेसमेत असर कम गर्दछ ।

सामान्य विधिमा उखु लगाउँदा उमार शक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकामा ट्रेन्च प्रविधिमा उखुखेती गरिएपछि उखुको उमार शक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको छ । शरदकालीन उखुखेती गर्ने किसानले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८,९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोपेका छन् । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत किसानले शरदकालीन उखुखेती गरेका हुन् ।

परियोजनाअन्तर्गत विपद् न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रका रुपमा उखुबाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, महाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखुबालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।

नदीका बगरमा गत वर्ष ३८ दशमलव ७८ बिघामा उखुखेती गरिएकामा यस वर्ष उखुखेती हुने बगरको क्षेत्रफल विस्तार गरिएको छ । जसअनुसार किसानले यसवर्ष मात्रै ६८ दशमलव ६५ बिघा जग्गामा उखुखेती गरेका छन् । बगरमा शरदकालीन उखुखेती मात्रै १०७ दशमलव ४३ बिघामा पुगेको छ । जसको उत्पादन ३० हजार क्विन्टल बढी हुने गरेको छ । यस वर्ष उखुको उत्पादन बढेर ३५ हजार क्विन्टल पुगेको छ ।

टे«न्च प्रविधिमा लगाइने उखुखेतीमा बीउमा बचत गर्नका लागि कञ्चनपुकरका किसानले चिप कटर (आँख्ले) विधिको प्रयोगसमेत गर्न थालेका छन् । उखुको आँख्ला मेसिनको सहायताले निकाली उखुका बोट तयार गर्न नर्सरी बनाइने गरिएको छ ।

नर्सरीमा उम्रेका उखुका बिरुवालाई किसानले खेतमा तयार गरेको ट्रेन्चमा निश्चित दूरीमा रोप्ने गर्दछन् । यस विधिबाट उखुको खेती गर्दा थोरै बीउमा धेरै उत्पादन लिन सकिन्छ । “गत वर्ष कात्तिके उखु छ बढी फिट उचाइ भएपछि नदीको बगर संरक्षण भएको छ”, लाझाडीका स्थानीय रामप्यारा चौधरीले भने, “पानीको तीव्र बहावलाई नियन्त्रण गर्न सघाउ पु¥याउनुका साथै जग्गा कटानीको कार्य रोकिएको छ ।” यस वर्ष बगरमा खेती गर्दै आएका किसानले रु तीन करोड बढीको उखु बेच्ने लक्ष्य राखेका छन् ।

चिनी मिलमा हालसम्म बगरमा उत्पादित २० हजार क्विन्टल उखु बिक्री भइसकेको छ । अझै धेरै उखु बिक्री गर्न बाँकी छ । बगरमा उखुखेती गर्ने किसानलाई रासायनिक मल, बीउ ढुवानीमा स्थानीय तहसँगको सहकार्यमा परियोजनाअन्तर्गत अनुदान रकमसमेत उपलब्ध गराइएको छ ।

उखुको उत्पादन बढ्न थालेपछि सञ्चालित भागेश्वर महाकाली चिनी मिलले क्षमतासमेत वृद्धि गरेका छन् । परियोजनाअन्तर्गत गठन भएका सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत कात्तिके उखुखेती स्याली, सुनवरा, वनहरा, मछेली, दोदा नदीका बगर र त्यसका तटीय क्षेत्रका जग्गामा हुने गरेको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र कञ्चनपुका अनुसार बगरसहितको जग्गामा गत वर्ष पाँच हजार ४०० हेक्टर क्षेत्रफलमा शरदकालीन उखु लगाइएको थियो । जसको उत्पादन ७५ हजार ६०० मेट्रिकटन रहेको छ । यसको मूल्य तीन करोड ७८ हजार रहेको छ । कञ्चनपुरमा ६०० बढी किसान उखुखेतीमा संलग्न रहेका छन् । कैलालीमा भने २३५ हेक्टर क्षेत्रफलमा उखुखेती हुने गरेको छ । यसको उत्पादन १० हजार ५७५ मेट्रिकटन रहेको छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top