×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन

२० पुष २०७७

काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग गरेको छलफल गर्दै उद्योगीलाई मङ्गलबारभित्र कारण पेस गर्न निर्देशन दिएको हो । साथै छलफलका क्रममा उद्योगीले तेल सनफ्लावर र सोयाबिनको तेल कच्चा पदार्थका कारण महँगो भए पनि तोरीको भाउ नबढेको दाबी गरेको पनि विभागले जनाएको छ ।

यता व्यापारीले भने सनफ्लावर र सोयाबिनको तेलसँगै तोरीको तेलको भाउ पनि बढेको बताउँदै आएका छन् । गोरखापत्रले तेलको भाउ बढाउन अझै चलखेल भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि विभागले वास्तविकता बुझ्न उद्योगीसँग छलफल गरेको हो । विभागका अनुसार छलफलमा तेल उत्पादनका मुख्य उद्योग शिवशक्ति, दुगड, गणपति, केडियाका प्रतिनिधिको सहभागिता थियो ।

Advertisement
Advertisement

विभागका बजार अनुगमन निर्देशक सागर मिश्रले तेलको भाउ बढ्नुको कारणसहित मङ्गलबार कागजात पेस गर्न निर्देशन दिएको र चित्तबुझ्दो जवाफ नआएकाले कानुनअनुसार अगाडि बढ्ने बताउनुभयो । छलफलमा सोयाबिनको तेल भारतमा निर्यात गरेको उद्योगीले पनि स्वीकार गरेकाले आन्तरिक बजारलाई नपुगेसम्म बाहिर निर्यात नगर्न आग्रह गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई/तीन महिनाको बीचमा खानेतेल विशेष गरी सोयाबिन र सनफ्लावरमा प्रतिकार्टोन तीन सय रुपियाँसम्म महँगो भएको छ । अझै पछिल्लो एक महिनायता सोयाबिन तेल अझै बढेको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top