स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

१९ पुस ७७, सोमबार

२० पुस, काठमाडौँ ।
थानकोट प्रहरीले एक जना भारतीय नागरिकको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

Advertisement

भारतीय नागरिक अमितकुमार गुप्तालाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट पक्राउ गरिएको हो । उनी सवार गाडी चालक नेपाली नागरिक संगम थारुलाई पनि पक्राउ गरिएको छ ।

गाडीमा राखिएको झोला खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम भेटिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

दुवै जनालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीको तयारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top