×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

महाकालीमा तटबन्ध रोक्न भारतद्वारा अटेर

२१ पुष २०७७

दार्चुला, काठमाडौं : दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै/भौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ ।

अन्तर्राष्ट्रिय सन्धि/सम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा कूटनीतिक पत्र पठाएको थियो । परराष्ट्र स्रोतका अनुसार एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर विगतका सहमति उल्लंघन भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै भारत सरकारलाई पत्र पठाइएको छ । तर, भारतले पत्रको जवाफ नपठाएको स्रोत बताउँछ ।

Advertisement
Advertisement

परराष्ट्रले दूतावासलाई तटबन्ध निर्माण तत्काल रोक्ने गरी आवश्यक पहल गर्न भनेको छ । यसमा पनि ठोस उपलब्धि हासिल भएको छैन । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले महाकाली नदीसँग सम्बन्धित भारतीय निर्माणाधीन तटबन्धका विषयमा परराष्ट्रबाट केही पत्र आएको बताए ।

‘यस विषयमा स्थानीय प्रशासनबाट गृह हुँॅदै परराष्ट्रले केही पत्र पठाएको छ,’ आचार्यले सोमबार साँझ कान्तिपुरसँग भने, ‘थप विषय पत्र हेरेपछि मात्रै भनौंला ।’ आचार्यले नेपालबाट आएको पत्रको जवाफ भारतले दिए/नदिएकोबारे पनि बोल्न चाहेनन् । ‘यस विषयमा अहिले नै भन्न सक्दिनँ, पछिल्लो समय के–कस्तो विकास भएको छ, मैले बुझ्नुपर्ने हुन्छ,’ आचार्यले भने ।

सीमा क्षेत्रका नदी तथा खोलाको बहावलाई असर पुग्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबेगर भौतिक संरचना निर्माण गर्न पाउँदैन तर भारतले सन्धि/सम्झौताको पालना त परै जाओस्, नेपाल सरकारले पठाएको पत्रको समेत जवाफ दिएको छैन । उल्टै नदीको बहाव नेपालतर्फ फर्काएर पारिपट्टि तटबन्धको काम धमाधम अघि बढाएको छ ।

नदीको बहाव अवरुद्ध पारेर थालिएको निर्माण नरोकेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले गएको पुस २ र ५ गते तथा पछिल्लो पटक सोमबार गरी तीनवटा पत्र गृह मन्त्रालयलाई पठाइसकेको छ । महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाले पनि अनधिकृत रूपमा तटबन्ध निर्माण गरेर नदीको बहाव नेपालतर्फ केन्द्रित हुने गरी निर्माण कार्य जारी राखेको भन्दै तत्काल रोक्न कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइसकेको छ ।

आयोजनाले हाल भारतबाट निर्माण भइरहेको तटबन्ध २०७० असार २ गते महाकाली नदीमा आएको बाढीअघि नेपाली भूभाग रहेको जानकारी गराएको छ । आयोजना र प्रशासनबाट यसअघि आएका दुवै पत्रलाई गृहले परराष्ट्रमा पठाएको थियो । पत्रको बोधार्थ गृहले सीमा अतिक्रमण हुने गरी निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सीमा सुरक्षा बल एसएसबीसँग आवश्यक समन्वय गर्न निर्देशन दिएको थियो तर एसएसबीले यस विषयमा माथिको आदेश भन्दै रोक्नेबारे समन्वय नै गर्न नचाहेको गृहका अधिकारीले बताए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महाकाली नदीको बहाव अवरुद्ध पार्ने गरी गैरकानुनी रूपमा भारतीय पक्षबाट तटबन्ध निर्माण भइरहेको विषयमा जिल्ला प्रशासन कार्यालयबाट सोमबारसहित तेस्रो पटक पत्र आएको बताए । प्रशासनबाट यसअघि आएका पत्र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालय पठाइएको बताए । सोमबार आएको पत्र पनि सम्भवतः मंगलबार नै परराष्ट्रमा पठाइने उनले जानकारी दिए ।

‘महाकाली नदीमा नेपालको सहमति र समन्वयबिना एकतर्फी रूपमा निर्माण भइरहेका तटबन्धलगायतका संरचना तत्काल रोकेर विगतका सहमति र सम्झौताअनुसार अघि बढ्न ध्यानाकर्षण गराउँदै यसअघि पनि परराष्ट्रमार्फत पत्र पठाइएको थियो, यही विषयमा अर्को पत्र पनि पठाउने क्रममा छौं,’ बुढाले भने ।

जिल्ला प्रशासन र सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीबाट पनि अनधिकृत रूपमा निर्माणाधीन तटबन्ध रोक्नेबारे प्रयास र पहल भएको तर भारतीय पक्षले संरचना निर्माणको काम नरोकेपछि माथिबाटै पहल गर्नुपर्ने देखिएको उनले बताए । ‘स्थानीय प्रशासनबाट भएका पहल र समन्वयबाट कुनै उपलब्धि नभएपछि प्रशासनले गृहलाई सोमबार तेस्रो पटक पत्र पठाएको हो, यसअघिका पत्र परराष्ट्र हुँदै सम्बन्धित ठाउँमा पठाइसकेको र पछिल्लो पत्र पनि आवश्यक कारबाहीका लागि परराष्ट्रमा पठाउने तयारीमा छौं,’ उनले भने ।

नेपाल–भारत सीमा नदी महाकालीमा २०७० असार २ मा आएको बाढीले नेपालको केही भूभाग भारततिर पारेको थियो । दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि बाढीले धार परिवर्तन गरेको सीमा नदी महाकाली मिचेर अहिले भारतले आफूखुसी तटबन्ध निर्माण जारी राखेको छ । भारतले बाँध बनाउन थालेको उक्त भूभाग ७ वर्षअघि बाढी आउनुपूर्व नेपाली भूमि रहेको महाकाली नगरपालिका–५ का वडाध्यक्ष तोरनप्रसाद अवस्थीले बताए ।

अहिले निर्माण सुरु गरेको भाग नेपालको बगर क्षेत्र थियो । त्यसभन्दा केही पर जिल्ला वन र भूसंरक्षण कार्यालय थिए । वडाध्यक्ष अवस्थीले कान्तिपुरसँग भने, ‘बाढीपछि महाकाली किनारमा तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो, बाढी आएको डेढ वर्षपछि (पुसतिर हुनुपर्छ) भारतीय पक्षले पत्राचार गरेको थियो, पछि दुवै देशले नदी किनारको केही भाग छोडेर तटबन्ध निर्माण गर्नुपर्ने सहमति गरेका थिए ।’

त्यसबेला सहमतिमा संरचना बनाउने भन्दै दुवैतर्फ संरचना बन्ने स्थानको नक्सा पनि भारतीय पक्षले बनाएको थियो । अहिले त्यस नक्सालाई ख्यालै नगरी भारतले अनधिकृत रूपमा छेउमै बाँध निर्माण सुरु गरेको उनले बताए । तत्कालीन महाकाली नदी नियन्त्रण आयोजना प्रमुख रहेका सिनियर इन्जिनियर महेन्द्रप्रसाद बडूका अनुसार महाकाली नदी किनारको नेपाल र भारतीय क्षेत्रमा संरचना निर्माण गर्दा पहिलेकै नक्साअनुसार अगाडि बढ्ने सहमति भएको थियो ।

त्यही सहमतिअनुसार नेपालतर्फ पक्की तटबन्ध निर्माण सुरु गरिएको हो । ‘हाम्रो क्षेत्रतिर महाकाली किनारको धेरै भाग नदीछेउबाट छोडेर संरचना निर्माण भएका छन्, भारतले पनि सोहीअनुसार संरचना निर्माण गर्नुपर्थ्यो,’ बडूले भने, ‘उतिबेला नेपाल–भारतको सर्भे टोलीले निर्धारण गरेको बिन्दुलाई आधार मानेर दुवै क्षेत्रका अधिकारीको समन्वयमा सीमामा संरचना निर्माण गर्ने सहमति भएकामा अहिले त्यसलाई उल्लंघन गरिएको छ ।’

महाकालीको तलदेखि माथिसम्म नेपाल–भारतका सीमा बिन्दु कायम गरिएका छन् । अहिले नदीले धार परिवर्तन गरेको भए पनि नेपाल र भारतको सीमा सर्भे टोलीले बिन्दु किटान गरिसकेको हुनाले त्यही आधारमा संरचना बनाउनुपर्ने उनको भनाइ छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतले उक्त क्षेत्रमा संरचना निर्माण सुरु गरेको पुस १ गते थाहा पाएपछि रोक्न र विगतका सहमतिअनुसार अघि बढ्न पहल गरिए पनि भारतीय पक्षले रेस्पोन्स नै नगरेको बताए । दार्चुला प्रशासनले पुस २ गते भारतीय प्रशासन धारचुला तहसिल कार्यालयलाई निर्माण कार्य रोक्न पत्राचार गरेका थिए । त्यो पत्र गृह मन्त्रालयलाई पनि पठाइएको थियो । तत्काल निर्माण कार्य नरोकिएपछि पुस ५ गते पुनः त्यसबारेमा परराष्ट्र मन्त्रालयलाई दोस्रो पत्र पठाइएको पोखरेलले बताए ।

प्रजिअ पोखरेलले भने, ‘भारतीय पक्षले अनधिकृत रूपमा जारी राखेको तटबन्ध निर्माण कार्य नरोकेपछि यसबारे गृहमार्फत परराष्ट्र मन्त्रालयमा जानकारी गराइसकेका छौं ।’ दार्चुला प्रशासनबाट काउन्टर पार्ट डिस्ट्रिक मजिस्ट्रेड (प्रशासन) लाई गरिएको पत्राचारबारे कुनै रेस्पोन्स नआएपछि गृहमा जानकारी गराइएको थियो । प्रशासनले तेस्रो पत्र सोमबार गृहमा पठाएको हो ।

Advertisement

नदीको बहाव परिवर्तन गर्ने गरी भारतीय पक्षले निर्माण गरिरहेको संरचना तत्काल रोक्न माग गर्दै महाकाली नदी नियन्त्रण आयोजनाले आइतबार मात्रै जलस्रोत तथा सिँचाइ विभागलाई पत्राचार गरेको थियो । २०७० सालको महाकाली बाढीपछि सीमा नदीले धार परिवर्तन गरेर बगिरहेकाले भारततिर नेपाली जमिनसमेत पर्न गएको छ । नेपाली जमिन भारततिर परेका बेला भारतीय पक्षले नदीको बहाव परिवर्तन गर्ने गरी संरचना निर्माण गरिरहेकाले नेपालतिरको संरचनामा पनि क्षति पुग्न सक्ने सम्भावना रहेको आयोजना निर्देशक शोभाकर पौडेलले बताए । उक्त क्षेत्रमा भारतीय पक्षले संरचना निर्माण गर्दा नेपाली क्षेत्रमा जोखिम बढ्ने र तटबन्धमा पनि क्षतिको जोखिम बढ्ने भन्दै विभागलाई आइतबार पत्राचार गरेको हो ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top