के हो आरन पेशा ? यसमा सम्लग्नले कसरी धान्दैछन् जीवन ?

२१ पौष, काठमाडौं । बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविकोपार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत ज्यालाको रुपमा अन्न लिने प्रचलन छ । यसरी काम गर्दा जीवन निर्वाह भएपनि अतिरिक्त बचत नहुँदा समस्या हुने गरेको गुनासो आरन पेशा अंगाल्नेहरुको छ ।

बाँकेको बैजानाथ गाउँपालिका ८ का प्रेम बहादुर विकले ३५ बर्ष देखि फलामका औजारहरु बनाएर जीवन यापन गर्दै आएका छन् । आफ्नो जीवन निर्वाह गर्न बालीघरे (खलो) प्रथामा फलामका सामाग्री बनाउने र त्यसको सट्टामा ज्याला स्वरुप अन्न लिने गरिन्छ विकले अहिले करिब १ सय घरधुरीको फलाम पिट्ने काम गर्दै आएका छन् ।

Advertisement

लामो समयदेखि आरन पेशा अपनाएका विकले जीवन निर्वाह बाहेक जीवनका कुनै परिवर्तन नआएको गुनासो गरे । वर्षभरी काम गरेबापत अन्नपात ल्याएर परिवार पाल्नु बाहेक अन्य कुनै प्रगति नभएको उनको भनाई छ । एसएलसी उर्तिण गरेका विकले आरन पेशालाई व्यवसायीक बनाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

Advertisement

बैजानाथ गाँउपालिकाकै बिन्दु सुनारले पनि विगत २७ वर्षदेखि फलाम पिट्ने काम गर्दै आएका छन् । उनले पनि बालीघरे प्रथा अनुसार नै ज्यालाको रुपमा अन्न लिन्छन् ।

आरन पेशाबाट घरमा .खाने कुराको अभाव नभएको तर दुःख गरे अनुसारको मूल्य नपाएको गुनासो उनको छ । यस्तै पछिल्लो समय निकुञ्ज स्थापना भएपछि फलाम पोल्ने गोल पाउनै मुस्किल भएकोले आरन पेशा संकटमा पर्न लागेको गुनासो समेत गरे ।

बाँके जिल्ला भित्र अहिले पनि बालीघरे प्रथामा आरन काम गर्ने दर्जनौ छन् । वर्षभरी काम गर्ने र त्यसको ज्याला स्वरुप अन्नपात ल्याउने भएकाले उनीहरुको जीवनमा कुनै परिवर्तन भने आएको छैन ।

बालीघरे प्रथाबाट श्रम अनुसारको मूल्य पाउन नसक्ने भएकाले यो पेशालाई आधुनिकीकरण र व्यवसायीक बनाई नगदमा कारोबार गर्ने व्यवस्था गर्न सके धेरै परिवारको जीवनमा परिवर्तन आउनेछ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top