झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२१ पुस ७७, मंगलबार

२१ पौष, झापा। झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।

Advertisement

सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाईकल चालक झापा गाउँपालिका-३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

Advertisement

मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top