वायु प्रदूषण बढेपछि वातावरण विभागले भन्यो – आवश्यक परे मात्र घरबाहिर निस्कनु

२१ पुस ७७, मंगलबार
Share this
724shares

२१ पुस, काठमाडौं ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेपछि वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन तथा बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन भनेका छन् ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ । वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले अझै खराब हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।’ विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top