×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

२२ पुष २०७७

२२ पुस, लण्डन।
बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ । प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका थिए ।

बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका वेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराएकाे बताइएकाे छ । जोनसनले यसै वर्ष बेलायतमा आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो । भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिन पूर्वकार्यक्रम रहेको थियो ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पु¥याउन पहल गर्ने बताइएको थियो ।

Advertisement

बेलायतले यूरोपेली संघ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले बे्रक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top