नहरको पानीमा डुबेर ११ बर्षीय बालकको मृत्यु

२२ पुस ७७, बुधबार

२२ पौष, झापा । झापाको शिवसताक्षी नगरपालिका-२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।

Advertisement

मंगलवार दिउँसो पौने ३ बजेको समयमा घर देखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबी घाईते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top