ज्ञानेन्द्र विदा भए, अब ओली पनि विदा हुन्छन् : मिनेन्द्र रिजाल

ज्ञानेन्द्र विदा भए, अब ओली पनि विदा हुन्छन् : मिनेन्द्र रिजाल

२२ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि छिट्टै विदा हुने बताएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेता रिजालले यस्ताे बताएका छन् ।

‘आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने ।

उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए । रिजालले व्यक्ति नभएर प्रवृक्ति भएको बताए, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो ।’

वैशाखमा निर्वाचन गर्नकै निम्ति घोषणा नगरिएको रिजालले बताए । तर, उनी आफूलाई मन नपरेको संविधानको पाङ्ग्रा भत्काउन थालेको रिजालले बताए । ‘हिजो मन पर्थ्यो कि पर्थेन । तर आज संविधानको पाङ्ग्रा भत्काउने काम सुरु भएको छ’, उनले भने ।

संविधान निर्माणका बेला संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गरे । दुई वटा कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्ने कांग्रेस पनि सहमत भएको उनको भनाइ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.