प्रदेश १ मा आज सय जना डिस्चार्ज, १९ संक्रमित थपिए

२३ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ ।

प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरंगमा ५, झापामा ४ र ते¥हथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरंगको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र ते¥हथुमको म्याङलुङका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ९४७ पुगेको छ । सक्रिय संक्रमित ३२९ जना छन् ।

प्रदेश १ मा आज ३६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top