धमिलिएको राजनीतिलाई सङग्ल्याउन निर्वाचनः खिमलाल भट्टराई

२३ पौष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताए ।

सरकारलाई काम गर्न नदिईएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिईको कारण राजनीतिलाई अस्थिरतातिर जान र धमिलिएको राजनीतिलाई सङग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको बताए ।

संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रीत हुनुपर्ने बताए ।

उनले भने ‘धमेलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो । प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो । धारा ७६ र ८५ मा व्यवस्था छ । संसद विघटन गरेर जनतामा जाने कुनैपनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ । यो नै लोकतन्त्रको मुल्य र मान्यता हो । ताजा जनादेशका लागि चुनावमा जानु नै आजको राजनीतिको सहि निकास हुन्छ । अरु कुनै विकल्पले मुलुकलाई अस्थिरता र द्धन्दतिर नै लैजान्छ । आजको राजनीतिको सहि समाधन निर्वाचनले नै दिन सक्छ । त्यसैले सबै चुनाव तिर ने केन्द्रीत हौँ ।’

प्रमुख सतेचक भट्टराईले सरकारले काम गरेन भनि जनतामा निराशा फैलाउने दुष्प्रचार गरिएको समेत बताए । सरकारले थुप्रै काम गरेको र मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाएको उनको भनाई छ । संकट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडसेडिङ मुक्त गर्नु तथा संघीयतालाई मजबुत गर्नु लगायतका मुख्यकाम सरकारले गरेको बताए ।

प्रधानमन्त्रीलाई संघीयता विरोधी करार गर्न खोजिएपनि संघीयताको संस्थागत विकासको निम्ति कानूनि प्रवन्ध, संरचनागत व्यवस्था, बजेट विनियोजन, कर्मचारी व्यवस्थापन, सुरक्षा अंगहरुको व्यवस्थापन गरी प्रधानमन्त्रीले संघीयतालाई मजबुत बनाएको उनले बताए ।

सरकारले समाजिक सुरक्षा भत्ता, जनता आवास कार्यक्रम, सुकुम्बासी भूमिहीनलाई जमिनको मालिक बनाउने काम गरिएको, फुसको छानोलाई बिस्थापित गर्ने काम सुरु गर्नु, प्रत्येक पालिकाहरुमा अस्पताल निर्माणको शिलान्यास गर्नु र सडक मानव मुक्त बनाउने काम गर्नुले समाजवाद तर्फको यात्रालाई इंकित गरेको उनको भनाई छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top