२३ पुस, काठमाडौं ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा उनले संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए ।
उनले भने, ‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ । स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’
देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे ।