रातमा पनि चम्कन्छ झोलुङ्गे पुल, फोटो खिच्न एकरात बास

२३ पुस ७७, शुक्रबार

बागलुङ: कालीगण्डकी नदी निर्मित नेपालकै लामो दावी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल दिउँसोको समयमा मात्रा होईन कात्रीकालिन आकर्षणको केन्द्र बन्न थालेको छ ।

पुलमा जडान भएका तीन सय बढी बत्ति एकै पटक बल्दै देखिने आकर्षक दृष्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउन थालेको हो । लाईट बल्न थाले पछि बागलुङ बजार आसपास र पर्वत पाङ क्षेत्रका साथै छिमेकी सदरमुकामदेखि स्थानीय पुलको झिलीमिली हेर्न बाङगेचौर र अदुवावारी झर्न थाल्छन् ।

‘दिनभरी पुल तरियो, लाईट बल्छ भनेर रातीमा फोटो खिच्न आएको हो’ बागलुङ रामरेखाका अर्जुन शर्माले भन्नुभयो–‘कस्तो लोभलाग्दो दृष्य हेर्न पाईने रहेछ ।’ पवित्र कालीगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो पुलमा जडान भएका लाईट एकै पटक बल्दा निकै आकर्षक देखिन्छ ।

Advertisement

‘यस्तो दृष्य युरोप तिर युटुवमा देखेको थिएँ, अहिले आफ्नै ठाउँमा देख्न पाएँ’ शर्माले भन्नुभयो–‘विश्वकै लामो र रात्रीकालिन दृष्य हेर्न साथीलाई पनि खबर गरेको छु ।’ पुल हेर्न आउने आन्तरिक पर्यटकहरु रात्रीकालिन फोटो खिच्नको लागि एक रात सदरमुकामको होटलमा विताउन थलेको छ ।

लामो पुलको सुन्दरता दिउँसोमा जती धेरै छ त्यो भन्दा धेरै रातीको समयमा देखिन थालेको छ । ‘पारीबाट हेर्दा वारी र वारिबाट हेर्दा पारि, कस्तो सुन्दर दृष्य देखिएको’ बुटवलदेखि बागलुङ आउनुभएका घनश्याम विकले भन्नुभयो ‘दिनभर वारिपारि गरियो, रातीको फोटो खिच्नकै लागि बास बस्नु प¥यो ।

Advertisement

बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने यो पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आर्कषण पनि थपेको छ । यहाँबाट धौलागिरी हिमाल स्पष्ट देखिन्छ । त्यस्तै मालढुंगादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि यो पुलको आर्कषण देख्न सक्छन् ।

दिउँसोमा चासो नराखेका यात्रीले रातको समयमा झिलीमिली देखेर आर्कषित हुने गरेका छन । लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल संघका अध्यक्ष निलेस राजभण्डारीले बताउनुभयो । बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उहाँको भनाई छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने पुल कालीगण्डकी नदीदेखि १ सय ६५ मीटर उचाईमा बनेको छ । सिंगल स्पाममा निर्माण भएको यो पुललाई विश्वकै लामो पुल दावी गर्दै बागलुङ नगरपालिकाले आधिकारिताको लागि प्रक्रिया सुरु गरेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top