×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले हार स्वीकारे, संसद् भवनमा भएको आक्रमणको निन्दा

२४ पुष २०७७

२४ पुस, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।

Advertisement

ट्रम्पले भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’

बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद् भवन क्यापिटल हिलमा हिंसात्मक प्रदर्शन गरेका थिए ।

उनले हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको बताएका छन् । बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन् । तिनीहरुले त्यसको मूल्य चुकाउनुपर्छ,’ ट्रम्पले  भनेका छन् ।

अमेरिकामा भर्खरै सनसनीपूर्ण चुनाव भए पनि त्यसलाई अब शान्त पार्नुपर्ने पनि राष्ट्रपति ट्रम्पले बताएका छन् । आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको पनि उनले बताए । डेमोक्रेटिक सांसदहरुले ट्रम्पले हिंसालाई उक्साएको र अझै उक्साउन सक्ने उल्लेख गर्दै अमेरिकी संविधानको २५औं संशोधनमार्फत उनलाई हटाउनुपर्ने माग गरिरहेका बेला ट्रम्पको वक्तव्य आएको हो । ट्रम्पको कार्यकाल सकिन १३ दिन मात्रै बाँकी रहेको छ ।

राष्ट्रपति ट्रम्पले अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि बताएका छन् । सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दु:खदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिलाई पुन: उकास्ने समय आएको पनि उनले बताए ।

अमेरिकी कंग्रेस (संसद्) को संयुक्त बैठकले डेमोक्रेटिकका जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ । नोभेम्बर ३ मा भएको चुनावमार्फत बाइडेनसँगै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी थिइन् ।

संसद्ले प्रमाणित गरेपछि अब बाइडेन तथा ह्यारिसलाई पदभार ग्रहण गर्ने बाटो खुलेको छ । उनीहरूले जनवरीमा २० मा कार्यभार सम्हाल्नेछन् । बाइडेनले ३०६ र वर्तमान राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका उपराष्ट्रपति माइक पेन्सले अमेरिकी कंग्रेसमा घोषणा गरेका हुन् । राष्ट्रपतिमा निर्वाचित हुन् २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।

बाइडेन र ह्यारिसको जित प्रमाणीकरणको प्रक्रिया सुरु हुनै लाग्दै ट्रम्प समर्थकहरू हतियारसहित क्यापिटल हिल भवनमा प्रवेश गरेका थिए । हिंसात्मक प्रदर्शनहरूका कारण एक जना प्रहरीसहित ५ जनाको ज्यान गएको वासिङ्टन प्रहरीले जनाएको छ । एक जनाको प्रहरीको गोलीले र अन्य तीन जनाको मेडिकल इमर्जेन्सीका कारण मृत्यु भएको जनाइएको छ । झडपमा घाइते भएका प्रहरीको भने उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

नोभेम्बरमा भएको चुनाव रद्द गर्नुपर्ने मागसहित ट्रम्प समर्थकले गरेको हिंसात्मक प्रदर्शनपछि वासिङ्टनमा डीसीमा दुई साता लामो कर्फ्यु लगाइएको छ । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने ४७ सहित ५२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top