आज सुनको मूल्य प्रतितोला एक सयले घट्यो

आज सुनको मूल्य प्रतितोला एक सयले घट्यो

२४ पौष, काठमाडौ । सुन कारोबार हुने हप्ताको आज अन्तिम दिन तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.